स्याङ्जा परिवारले अगष्ट २० र २१ मा दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने


कोरिया स्थित स्याङ्जा परिवारले आउँदो अगष्ट २० र २१ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवार दक्षिण कोरियाले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगु क्षत्रमा बीचको भागमा पायक पर्ने गरि (경북 성주군 대가면 옥성리 723) मा सो बनभोज कार्यक्रमको आयोजना गरेको हो ।

कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष विजय थापाले जानकारी दिए ।

विभिन्न कालखण्डमा महत्वपूर्ण कार्यक्रमसँगै सामाजिक सेवाको भावनाले ओतप्रोत रहेर उल्लेखनीय योगदान पुर्‍याउँदै आइरहेको संस्थाले कोरोना महामारीको सङ्क्रमण र जोखिमको कारण विगत तीन बर्ष यता कुनै प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ रहेपनि समयसापेक्षित जूम भर्चुअल मार्फत कार्यक्रम गर्दै संस्थालाई चलायमान गरिरहेको सन्दर्भ संस्थाका किम्हे/बुसान शाखाका अध्यक्ष कमल अर्यालले बताए । लामो समयपछि भेटघाटको अवसर जुटेको र कोरोना कहर सहज बन्दै गएकोले बनभोज मार्फत स्याङ्जालीहरुको आत्मीयता अझ बढ्ने विश्वास संस्थाका थेगु शाखा अध्यक्ष मित्र मगरले व्यक्त गरे ।

स्याङ्जा परिवारद्वारा आयोजित उक्त रमाइलो बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई १,००,००० र महिलाका लागी ८०,००० कोरियन वोन निर्धारण गरिएको छ । कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाइदिनुहुन समस्त स्याङ्जाली महानुभावहरुमा आयोजक संस्थाले हार्दिक अपिल गर्दै जान इच्छुक व्यक्तित्वहरुले आफूलाई पायक पर्ने स्थानबाट सहभागी हुने गरी संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गरि यथासक्य छिटो नाम टिपाउनुहुन समेत अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा परिवारले अगष्ट २० र २१ मा दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने
  • छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न
  • नेपाल पर्वतारोहण संघका नवनिर्वाचित सदस्यहरु सम्मानित
  • ईपिएस

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि ...

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट ...

    ५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

    HRD service of Korea बाट प्राप्त जानकारी अनुसार सामसङ ह्वाजे कम्पनीमा वीमा गरी वीमा अविध सकिएकाे ३ वर्षसम्मा पनि वीमा रकम दाबी गर्न नआएकाे ब्यक्तिहरूले वीमा दाबी गर्न आउनका लागी अनुराेध गरेकाे छ । ई.पि.एस. काेरिया शाखा ग्वार्काे ले आज(साउन ५ गते) एक सुचना प्रकाशन गरि उक्त ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन