काव्य-सुधा’ अन्तर्गतको गजल मुशायरा भव्य रूपले सम्पन्न


अनेसास कोरिया च्याप्टरको नियमित रचना वाचन कार्यक्रम ‘काव्य-सुधा’ अन्तर्गतको १५१ औं शृङ्खलास्वरुप ‘गजल मुशायरा’ भव्य रूपले सम्पन्न भएको छ ।

पाँच उत्कृष्ट गजलकारहरूका वजनदार वाचनले कार्यक्रमको गरिमा बढाएको थियो । लामो समयपछि भौतिक रूपले सम्पन्न सो मुशायरामा आर.एन. अधिकारी, निर्दोष शिव, डीआर सूर्य, सुमन तिमलसिना र धीरेन्द्र स्पन्दनले आफ्ना सुन्दर गजलहरू प्रस्तुत गरेका थिए ।

करिब ३ घण्टा लगातार सम्पन्न सो कार्यक्रमको सभापतित्व च्याप्टरका अध्यक्ष ह्यारी बोण्डले गरेका थिए भने दक्षिण कोरियाका लागि श्रम सहचारी रमा भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि भट्टराईले कोरियाको साहित्यिक माहोल उर्वर रहेको बताउँदै स्रष्टाहरूको सिर्जनाको तारिफ गरेकी थिइन् । सुशील अर्यालको संयोजनमा सम्पन्न सो कार्यक्रम च्याप्टरका महासचिव लोकराज न्यौपानेले सञ्चालन गरेका थिए ।

कोरिया च्याप्टरले च्याप्टरका संस्थापक तथा सल्लाहकार प्रमोद साराङ्गलाई अनेसास सम्मान, निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार डी.आर. सूर्यलाई अनेसास सक्रियता सम्मान तथा पुरस्कारका साथै च्याप्टरका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार आर.एन. अधिकारीलाई अनेसास सम्मान अर्पण गरेको थियो भने वाचकहरूलाई प्रशंसाप्रत्र प्रदान गरेको थियो ।

कार्यक्रममा सुशील अर्याल, तिल्ता मगर, रुद्र कँडेल, विष्णु वाग्ले, महेश बिष्ट, अनुराग केसी, हिमलाल भट्टराई, कृष्ण भण्डारी, सागर रेग्मी लगायत अन्य साहित्यकारले पनि आआफ्नो रचना वाचन गरेका थिए ।

भाषासाहित्य​, सङ्गीत र​ कलाको विकास, विस्तार​ र​ उन्न​य​न​मा अन​व​र​त सक्रिय​ संस्था अनेसास कोरिया च्याप्ट​रले स्र​ष्टा सम्मान, भानु ज​य​न्ती, ल​क्ष्मी जयन्ती, मोती ज​य​न्तील​गाय​त विभिन्न सन्दर्भ विशेष कार्यक्रम तथा कविता प्रतियोगिताजस्ता सम्मेल​न​ह​रू ग​र्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...