विश्व आदिवासी दिवस अगष्ट १४ मा मनाइने
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले विश्व आदिवासी दिवस १४ अगस्ट आईतबार मनाउने भएको छ । महासंघले कोरियामा रहेका विभिन्न जातीय झाँकी सहित कार्यक्रम आयोजना गर्न लागेको हो ।
‘यो कोरियामा रहेका सबै नेपालीको कार्यक्रम हो । यो हाम्रो पहिचान र भाषा धर्म र संस्कार बचाउने एउटा अभियान पनि हो ।’ महासंघका महासचिव प्रितम लिम्बूले भने । ‘कोरिनाका कारण अघिल्लो वर्ष विश्व आदिवासी दिवस हुन सकेको थिएन । यस पटक हाम्रो जातीय सांस्कृतिक झाँकी सहित कार्यक्रम हुने छ ।’
“पहिचान, पहुँच, प्रधिनिधीत्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दलन, जाती, भाषा, धर्म, संस्कृति संरक्षणको लागि देशब्याबि राष्ट्रिय जागरण” भन्ने मूल नाराका सहित हुन लागेको कार्यक्रममा विभिन्न जातीय परिकार पनि हुने महासंघले जानकारी गराएको छ ।
आयोजकले कार्यक्रम प्रवासी मजदुर युनियन (एमटीयू)को सभाहलमा हुन लागेको जनाएको छ