Advertisement
SKIP THIS

कोरियामा विश्व आदिबासी दिवस मनाइयो


नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले विश्व आदिवासी दिवस आईतबार मनाएको छ । महासंघले कोरियामा रहेका विभिन्न जातका खाना र जातीय झाँकी सहित कार्यक्रम आयोजना गरेको हो ।
विश्वमा रहेका आदिवासीको ज्ञानलाई संरक्षण गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति अन्तराष्ट्रिय महासंघका उपाध्यक्ष लोचन राईले वताए । ‘विश्वमा हाम्रो पहिचान फरक छ । त्यसको संरक्षण हुनु पर्छ ।’
कार्यक्रममा नेपाल तामाङ घेदुङ, मगर संघ, तमु धीं, किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ, थारु कल्याकारिणी सभा, छन्त्याल परिवार, शेर्पा संघ, नेवा पुच, थकाली सेवा समाजका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कोरियामा क्रियाशील विभिन्न राजनैतिक दलका भातृ संगठनहरुका प्रतिनिधिले पनि शुभकामना सन्देश व्यक्त गरेका थिए ।
कोरोना संक्रमण पछिको पहिलो कार्यक्रम भएको र अध्यक्ष नेपाल गएकोले पनि कार्यक्रम जस्तो राम्रो हुनु पर्ने त्यस्तो गर्न नसकेको कार्यवाहक अध्यक्ष विशन राईले भने । ‘हामीले छोटो समयमा काम गर्दा केही कमजोरी भए होलान् त्यसलाई माफी दिएर हाम्रो यो कारयक्रम पहिचान र समनताको लागि एउटा खुट्किलो भयो भने त्यसैलाई सफल भएको मान्ने छौं । यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ उनले थपे ।
पहिचान पहुँच प्रधिनिधीत्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दलन जाती भाषा धर्म संस्कृति संरक्षणको लागि देशब्याबि राष्ट्रिय जागरण भन्ने मूल नाराका सहित भएको कार्यक्रममा विभिन्न जातीय परिकार पनि रहेको थियो ।
तस्बिरहरु

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...