सोनसिकको अधिवेशन सम्पन्न : अध्यक्षमा मनिष पाण्डे
शनिवार दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनको शिलशिलामा आएका नेपाली विद्यार्थीहरुको संगठन नेपाली विद्यार्थी समाज (सोनसिक)को भएको १९ औ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट सभापतिमा मनिष पाण्डे चुनिएका छन् ।
कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपासभापतिहरु सिद्धान्त बिक्रम पाण्डे, मेघनाथ पौडेल, प्रियस ढकाल, मनोज कुमार बानिया रहेका छन् । त्यस्तै सचिवमा विक्रम खड्का, उपसचिवमा दिवाकर चौलागाई रहेका छन् । काषाध्यक्ष भरत खत्री र सदस्यहरुमा तोपेन्द्र वली, प्रकाश नेपाली, सृजना तिवारी, सिजन खड्का र गायत्री थापा मगर रहेका छन् ।
प्रत्येक बर्ष हुने अधिवेशनबाट नयाँ कार्यसमिति चुनिने सोनिसिकको विधानमा उल्लेख छ । कोरिया सरकारमा दर्ता भएको यस संस्थाले बिगत देखि नै नेपाली विद्यार्थी र नेपालीको हितमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको सोनसिकले जनाएका छ । कोरोनाले विश्व नै थलिएको अवस्थामा भर्चुअल माध्यमबाट कोरियामा रहेका नेपाली बिद्यार्थीको समस्या समाधान गर्न प्रयास गरेका थियो । सोनसिकले कोरियामा हुने विभिन्न कार्यक्रममा पनि सहभागिता जनाउँदै आएका छ ।