कोरियाको किम्हेमा आकर्षक पुरस्कार राशीको पूल प्रतियोगिता हुने
कोरिया स्थित नेपाल आदिवासी जनजाती महासंघ ख्यङसाङनादो बुसान शाखाको आयोजनामा आउँदो सेप्टेम्बर २५ तारिक किम्हे लुम्बिनी रेष्टुरेन्टको प्रथम पूल प्रतियोगिता हुने भएको छ । स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा बन्धुत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता आयोजना गरिएको हो ।
नेपाली समुदायविच भएको ख्यङ्साङ् क्षेत्रकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको जानकारी दिदै पछिल्लो समय युवा पुस्ताको पूल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष परी गुरुङले बताईन् । प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः तेह्र लाख, सात लाख र तीन लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट एक खेलाडीलाई पचास हजार कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने संस्थाकी कोषाध्यक्ष कमला गुरुङले जानकारी दिईन् ।
सेप्टेम्बर २२ सम्म खेलाडी नाम दर्ता गर्न सकिने, खेलाडीलाई प्रवेश शुल्क स्वरुप साठी हजार कोरियन वोन निर्धारण गरिएको र सो शुल्कसँगै नि:शुल्क एक सेट नेपाली खानाको व्यवस्था गरिएको जनाइएको छ । कार्यक्रम सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।