ब्राजिलको लोपोन्मुख आदिवासी समूहका अन्तिम सदस्यको मृत्यु


बाह्य संसारको सम्पर्कबाट टाढा रहेको ब्राजिलको एउटा आदिवासी समूहका अन्तिम सदस्यको मृत्यु भएको छ ।

विगत २६ वर्षदेखि पूर्णतः एक्लै बस्दै आएका ती व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

उनले जमिनमा गहिरा प्वालहरू खन्ने गरेकाले उनी ‘म्यान अफ होल’ उपनामबाट चिनिएका थिए । उनले ती प्वालहरू जनावरहरू फसाउन र आफै लुक्नका लागि प्रयोग गर्ने गरेका थिए ।

अगस्ट २३ मा उनलाई उनको परालको झुपडी बाहिर झुलामा मृत अवस्थामा फेला पारिएको थियो ।

त्यहाँ कुनै हिंसाको संकेत थिएन । उनको त्यो लोपोन्मुख आदिवासी समूहका अन्य ६ जना सदस्यको सन् १९९५ मा हत्या भएको थियो ।

यो समूह बोलिभियाको सिमानासँग जोडिएको रोन्डोनिया राज्यको तानारु आदिवासी क्षेत्रमा बस्थ्यो । सत्तरीको दशकमा आफ्नो भूमि विस्तारका लागि पशुपालन गर्नेहरूले यस समूहका अधिकांश सदस्यको हत्या गरेका थिए ।

करिब ६० वर्ष उमेरका ‘म्यान अफ होल’को मृत्यु प्राकृतिक कारणबाटै भएको हुनुपर्ने अनुमान गरिएको छ ।

उनी बसेको क्षेत्रमा कोही पुगेको वा उनको झुपडीभित्र कसैले केही चलाएको जस्तो नदेखिए पनि उनको शवको पोस्टमार्टम गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

ब्राजिलको संविधानअनुसार आदिवासीहरूको परम्परागत जमिनमा हक हुन्छ । तर, त्यस्ता जग्गा कब्जा गर्न खोज्दा उनीहरूको हत्या गर्ने गरिएको पाइन्छ ।

सन् १९९६ देखि ब्राजिलको आदिवासी मामिला निकाय (फुनाइ)का एजेन्टहरूले उनको सुरक्षाका लागि उनीमाथि निगरानी राख्दै आएका थिए । सन् २०१८ मा जंगलमा संयोगवश जम्काभेट हुँदा ती एजेन्टहरूले उनको फिल्म खिच्न सफल भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...