गजल शिरोमणि मोतीराम भट्टको जन्मजयन्ती भव्य रूपले सम्पन्न


अनेसास कोरिया च्याप्टरले प्रत्येक वर्षझैँ यो वर्ष पनि गजल शिरोमणि मोतीराम भट्टको १५७औं जन्मजयन्ती गजल वाचनका साथ भव्य रूपले सम्पन्न गरेको छ । भट्टको सम्झनामा चार उत्कृष्ट गजलकारका वजनदार वाचनले कार्यक्रमको गरिमा बढाएको थियो । भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा गजलकारहरू विनोद परिवर्तित, गोपीकृष्ण लामिछाने, लक्ष्मी रेग्मी खनाल र विजय अधिकारीले आफ्ना सुन्दर गजलहरू प्रस्तुत गरेका थिए ।

च्याप्टरका अध्यक्ष ह्यारी बोन्डको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रका अध्यक्ष गोवर्धन पुजाले विशेष अतिथिको भूमिका निर्वाह गरेका थिए । नेपाली साहित्य कौशलको विकासका लागि मोतीरामले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय रहेको बताउँदै अनेसास केन्द्रका अध्यक्ष पुजाले श्रष्टाहरूको रचना सारगर्भित र निकै उत्कृष्ट रहेको उल्लेख गरे । च्याप्टरका सल्लाहकार आरएन अधिकारीले संयोजन गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लोकराज न्यौपानेले गरेका थिए ।

भाषासाहित्य​, सङ्गीत र​ कलाको विकास, विस्तार​ र​ उन्नय​न​मा अन​व​र​त सक्रिय​ संस्था अनेसास कोरिया च्याप्ट​रले भानु ज​य​न्ती, ल​क्ष्मी जयन्ती, मोती जयन्तीलगाय​त विभिन्न सन्दर्भ विशेष कार्यक्रम तथा स्र​ष्टा सम्मान, कविता प्रतियोगिताजस्ता सम्मेल​न​को आयोजना ग​र्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • माेक्पाेमा वडा दशै र दिपावलीकाे शुभकामना अादानप्रदान कार्यक्रम हुने
  • कोरियामा निधन भएका ईन्द्र गुरुङको श्रद्धाञ्जली सभा अक्टोबर ०२ मा गरिने
  • कोरियाको किम्हे सहरमा प्रेमगीत ३ प्रदर्शन हुँदै
  • निर्माणाधीन बालगृह भवनलाई कोरियाबाट स्याङ्जा परिवारको सहयोग
  • ईपिएस

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि ...

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट ...

    ५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

    HRD service of Korea बाट प्राप्त जानकारी अनुसार सामसङ ह्वाजे कम्पनीमा वीमा गरी वीमा अविध सकिएकाे ३ वर्षसम्मा पनि वीमा रकम दाबी गर्न नआएकाे ब्यक्तिहरूले वीमा दाबी गर्न आउनका लागी अनुराेध गरेकाे छ । ई.पि.एस. काेरिया शाखा ग्वार्काे ले आज(साउन ५ गते) एक सुचना प्रकाशन गरि उक्त ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन