तामाङ घेदुङको स्थापना दिवस तथा बार्षिक साधारण सभा सम्पन्न


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङहरू सहभागी भएका थिए ।
तामाङ भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण गरौं भन्ने नाराका सहित भएको कार्यक्रमलाई घेदुङ संघीय परिषदको सदस्य तथा कोरिया इन्चार्ज सोम तामाङले सम्बोधन गरेका थिए । उनले सङ्घीय घेदुङले काठमाडौंमा ग्रेन् घिम बनाउन लागेकोले सहयोग गर्न आग्रह गरे । ‘यो सबै तामाङको आस्था र हाम्रो आफ्नो भन्ने घर हो । त्यसैले सकेको सहयोग सबैले गर्नु पर्यो।’ कार्यक्रममा महासचिव शुभराज बोम्जनले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुरेश थोकरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई निवर्तमान अध्यक्ष मेघप्रसाद वाइबा, पूर्व अध्यक्ष उइना सिंह वाइबा, तामाङ पत्रकार संघका अध्यक्ष आमिर योञ्जन, बाग्मती प्रदेश एकता समाजका अध्यक्ष रविप्रताप घिसिङ लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
घेदुङले आजीवन सदस्यता वितरण गरेर कल्याणकारी कोषको स्थापना गर्ने घेदुङका अध्यक्ष रवि योञ्जन तामाङले जानकारी दिए । ‘हामीले अब आजीवन सदस्यता वितरण गर्ने र एउटा कोषको स्थापना गर्ने योजना छ । यसलाई कोरियामा रहेका तामाङबाट सहयोग हुन्छ भन्ने आशा लिएको छु ।’ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...