किरात याक्थुङ चुम्लुङको १२ औ महाधिवेशन भव्यताका साथ सम्पन्न, अध्यक्षमा दिर्जमान निर्वाचित


किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १२ औ महाअधिवेशन कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित नेपाली एण्ड थाई रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको थियो । चुम्लुङको निवर्तमान अध्यक्ष अग्नी पन्थाक मिराकको सभापतित्वमा भएको सो महाधिवेशनमा कोरिया स्थित विभिन्न सामाजिक,जातिय क्षेत्रिय तथा राजनिती संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

चुम्लुङको ११ औ कार्यसमितिको आर्थिक प्रतिवेदन कोषाध्यक्ष पबित्र थेवेले प्रस्तुत गर्नु भएको थियो । प्रगती प्रतिवेदन महासचिव सागर माङमु लिम्बुले प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्र अध्यक्ष अग्नि पन्थाक लिम्बुले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै याक्थुङ युवा समुदाय बीच पारस्परिक सम्बन्ध प्रगाढ गर्न उद्देश्यले स्थापित कियाचुको फुटबल क्लब केवाईसी एफसीको आर्थिक प्रतिवेदन एफसीका संयोजक युवेन तुम्बापोले प्रस्तुत गर्नु भएको थियो ।

चुम्लुङको महाअधिवेन निर्वाचन समितिका संयोजक शम्सेर पन्थाक ,सदस्यहरुमा क्रमश डम्बर सुब्बा, गणेश लिम्बु, सुन्दरदिप आङदेम्बे, सन्तोष मादेन रहेको उक्त समितिले दिर्जमान काङभाको अध्यक्षता १२ औ कार्यसमितिका पदाधिकारीहरु सर्वसहमतीमा मनोनय गरेको छ । वरिष्ठ उपाध्यक्षमा सन्तोष खेवा लिम्बु उपाध्यक्षद्धय,चिनाहाङ पंथाक र देवेन्द्र काङभा सचिवमा कविराम ताम्लिङ लिम्बु, सहसचिवमा अर्जुन लिम्बु, कोषाध्यक्षमा विरेन लिङदेन, सहकोषाध्यक्षमा डम्बर ध्वज केदेमा र सदस्यहरुमा क्रमश मणि संयक लिम्बु, उत्तम कुमार थाक्लेन लिम्बु, सुर्य काङबा लिम्बु, सुमन हेम्ब्या लिम्बु,नविन थाक्लेन लिम्बु, माङसा लुङमा तुम्बापो रहेको छ ।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियामा २००० सालमा स्थापना भएको सक्रिय जातिय सामाजिक संस्था हो । कियाचु कोरिया गत साल २०२१ मा कोरियाको कानुनी प्रक्रिया पुरा गरि आधिकारीक रुपमा संचालन गर्दे आई रहेको जातिय संस्था हो । चुम्लुङ कोरियाले कोरियाको ख्यङगिदो प्रान्तको सुवन स्थित २००८ साल देखि आपत विपत परेका लिम्बु तथा गैर लिम्बुहरुको लागी चुम्लुङ हिम नामक सेल्टरको स्थापना गरेको छ । सो सेल्टरमा प्रत्येक बर्ष २ हजार भन्दा बढी नेपालीहरुले सुविधा लिई सकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...