तेश्रो एनपिएस कप भलिबल प्रतियोगिता २०२२ को उपाधी बागलुङ समाजलाई


कोरिया स्थित नेपाली परोपकार समाजद्वारा आयोजित “तेश्रो एनपिएस कप भलिबल प्रतियोगिता २०२२” को उपाधी बागलुङ समाज दक्षिण कोरियाले आफ्नो पोल्टामा पारेको छ । थेगु सहरको गुजि खेलमैदानमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाईनलमा नेपाली परोपकार समाज विरुद्ध सोझो सेट २३/२५ र २२/२५ मा अग्रता लिएको बागलुङले नगद २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो ।

प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल आयोजक नेपाली परोपकार समाज गुजि थेगुले १२ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना स्थान हासिल गर्न सफल पर्वत समाज दक्षिण कोरिया र नेपाल मगर संघ थेगु शाखाले ३ लाख ५० हजार कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बागलुङ समाजका सुर्यजंग क्षेत्रीले १ लाख कोरियन वोन सहित ट्रफी प्रमाणपत्र प्राप्त गरे भने अन्य विधातर्फ उत्कृष्ट लिफ्टर बाग्लुङ समाजकै बिनेश बाबु, उत्कृष्ट स्पाईकर र उत्कृष्ट लिब्रो नेपाली परोपकार समाज थेगुका खेलाडी किरण मगर र देवेन्द्र राई घोषित भएसँगै जनही पचास हजार कोरियन वोन, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत भए । बागलुङ समाजले पर्वत समाजलाई र नेपाली परोपकार समाजले मगर संघ थेगु शाखा टिमलाई हराउँदै फाईनलमा प्रवेश गरेको थियो ।

“प्रवासी एकता हाम्रो प्रतिवद्वता स्वास्थ को लागि खेल अनिवार्य आवश्यकता ” भन्ने प्रतियोगिताको नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले आयोजित सो प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सफल पार्न सुरुवाती चरणदेखि अन्तिमसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण संघ संस्था, व्यवसायी, सहयोगी व्यक्तित्व, मिडियाकर्मी सबैमा आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...