कोरियामा निधन भएका राजेशका परिवारले पाए साढे चार लाख रुपैंया आर्थिक सहयोग


कोरियामा निधन भएका विधार्थी राजेश पाण्डेयको परिवारलाई स्याङ्जा परिवार र नेपाली विधार्थी समाज (SONSIK) को संयुक्त पहलमा संकलित ४३ लाख १८ हजार १ सय ९२ कोरियन वोन (करिब साढे चार लाख नेपाली रुपैंया) राहत र सान्त्वना स्वरुप मृतकको सहोदर भाई अच्युत पाण्डेयलाई हस्तान्तरण गरिएको छ । Encephalitis (Autoimmune) नामक रोग लागेका पाण्डेय दक्षिण कोरियाको सउलस्थित 가톨릭대학교 은평성모병원 मा उपचारार्थ रहँदै गर्दा गत अगष्ट २७ मा निधन भएका थिए ।

दुई संस्थाको संस्थागत पहलमा संकलित रकम स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष विजय थापा, केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपना गुरुङ, केन्द्रीय निवर्तमान अध्यक्ष तथा सल्लाहकार युवराज गुरुङ, नेपाली विधार्थी समाज (SONSIK) का सहसचिव दिवाकर चौलागाईं, मृतकको सहोदर भाई अच्युत पाण्डेय र आफन्त लक्ष्मण बोगटी लगायतको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

स्याङ्जा जिल्लाको कालीगण्डकी गाँउपालिका २ कोटाकोट स्थायी घर भई ६ वर्ष अघि अध्ययनको शिलशिलामा कोरिया आएका २८ वर्षीय मृतक पाण्डेयको उपचार खर्च करिब १ करोड ५० लाख आएको र दुई संस्थाले सामूहिक विज्ञप्ति सार्वजनिक गर्दै सहयोगको अपिल गरेको थियो । उनी अस्पतालको सघन (आईसियु) कक्षमा विगत तीन महिनादेखि उपचाररत थिए ।

यस दु:खद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मानविय संवेदना सहित सहयोगमा जुट्नुहुने सबै मनकारी व्यक्ति र संस्थाप्रति स्याङ्जा परिवार र नेपाली विधार्थी समाज (SONSIK) ले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।





आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...