डलरसंग कोरियन वनको भाउ १३ बर्षकै उच्च
अमेरिकन डलरसंग कोरियन वनको भाउ १४ वर्षा यताकै उच्च बिन्दुमा पुगेको छ । समाचार अनुसार आजको कोरियन वन १ डलर बराबर १४०० (एक हजार चार सय) वन भन्दा बढि पुगेको छ ।
अमेरिकी फेडरल रिजर्व द्वारा आफ्नो प्रमुख ब्याज दरमा लगातार तेस्रो पटक ७५ आधार बिन्दुले वृद्धि गरेपछि कोरियाली वोन अमेरिकी डलरको विनिमय दरमा यसरी बढेको हो।
द्रास्फीतिलाई रोक्नको लागि यु एस. फेडले कडा प्रयास गरेपछि वोन-डलरको विनिमय दर यसरि बढ्यो। बिहीबार सियोल विदेशी मुद्रा विनिमयमा १,४०९.७ वोन मा समाप्त भयो। यो बुधवार देखि १५.५ वनले वृद्धि हो।
बिहिबार १३९८ वोन मा सुरु भएको थियो । तर कारोबार सुरु भएको केही समयमा नै १४०० वोन पर गरेको थियो । आजको कारोबारको क्रममा १४१३ वन सम्म पुगेको थियो।