कोरियाको छाङ्वनमा “प्रथम ग्रीन नेपाल एफसी कप” फूटसल टुर्नामेण्ट आउँदो अक्टोबर ३० मा हुने


कोरियाको दक्षिणी भेग छाङ्वन क्षेत्रमा रहेको नेपालीहरुको फूटबल क्लब ग्रीन नेपाल एफसीले आउँदो अक्टोबर ३० मा “प्रथम ग्रीन नेपाल एफसी कप” फूटसल टुर्नामेण्टको आयोजना गर्ने भएको छ । स्वास्थ्य अनि मनोरञ्जनको लागी फुटसल भन्ने नारासँगै छाङ्वनको खेलमैदानमा हुने सो उक्त टुर्नामेण्ट फुटसल खेलप्रतिको आकर्षणलाई ध्यानमा राख्दै सम्भवत: यो सिजनकै अन्तिम प्रतियोगिता रहेको सो ग्रीन नेपाल एफसीका संयोजक हेमन्त गुरुङले बताए ।

टुर्नामेण्ट विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र र उपविजेता टिमले १५ लाख प्रमाण पत्र प्राप्त गर्नेछन् । दुई सेमिफाईनलिष्ट टिमलाई ५/५ लाख कोरियन वोन सहित प्रमाण पत्र प्रदान गरिनेछ भने खेल अवधिभरको उत्कृष्ट खेलाडी र गोलकिपरले नगद १/१ लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क ३ लाख कोरियन वोन कायम गरिएको छ भने अक्टोबर २३ सम्म टिम दर्ता गर्न सकिने सोही एफसीका सचिव जिनास लामाले जानकारी दिए ।

केही दिनभित्र टुर्नामेण्टको सबै विवरण सहित ब्यानर सार्वजनिक गर्ने आयोजकले जनाउँदै कोरियामा हुने हरेक फूटबल/ फुटसल प्रतियोगिताहरुमा निरन्तर सहभागिता जनाउँदै आईरहेको ग्रीन नेपाल एफसीले यो पटक आफैं प्रतियोगिता आयोजना गरिरहेको सन्दर्भमा “प्रथम ग्रीन नेपाल एफसी कप” फूटसल टुर्नामेण्टलाई सफल बनाउन कोरियामा रहेका सम्पूर्ण संघसंस्था एवं खेलप्रेमी महानुभावहरुमा सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...