Advertisement
SKIP THIS

प्रथम लाफा भलिबल कपको उपाधि बाग्लुङलाई, थेसो बने उपविजेता


अनिल लामिछाने मगर, थेगु कोरिया

नेपाल मगर संघ द.कोरिया थेगु शाखा द्वारा आयोजित प्रथम लाफा भलिबल कप २०२२ सम्पन्न भएको छ । “स्वास्थ्य र मनोरञ्जनको लागि खेल, परदेशमा नेपालीहरूको मेल” भन्ने मुल नाराका साथ यस नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखा द्वारा समाज घर ब्यवस्थापन तथा आकस्मिक राहत कोष स्थापनार्थ प्रथम लाफा भलिबल कप आयोजना सम्पन गरेको हो ।

कार्यक्रमको सभापति चिरन थापा मगर, प्रमुख अतिथि नेपाल मगर संघ द. कोरिया केन्द्रका अध्यक्ष टेक पुन मगर, बिशिष्ट अतिथि नरेश थापा मगर (संरक्षक मगर संघ थेगु शाखा), अतिथिहरुमा धन सलामी मगर (अध्यक्ष मगर संघ किम्हे बुसान शाखा ), गोपाल तुमिंग(मगर समाज गजेदो), भानु घिमिरे (अध्यक्ष थेगु नेपाली मंच), रमेश राना मगर (संरक्षक स्याङ्जा परिवार थेगु शाखा /थेगु मञ्च), मित्र सोती मगर (अध्यक्ष स्याङ्जा परिवार थेगु शाखा), निमेश गुरूङ(अध्यक्ष नेपाली परोपकार समाज गुजी), ज्ञानु श्रीस मगर (अध्यक्ष बागलूङ समाज थेगु शाखा), जीतन भाई श्रीस मगर (संस्थापक अध्यक्ष/संरक्षक लोक दोहोरी गीत प्रतिष्ठान कोरिया), अनिल लामिछाने मगर (अध्यक्ष/सामाजिक अभियंता मगर संसार फोटो ग्यालरी), नरेश श्रीस मगर & परी गुरुङ श्रीस मगर (रेष्टुरेन्ट संचालक), QS रेमिट (तारा मगर) सचिव नेपाल मगर संघ द. कोरिया, मायालु रेस्टुरेन्ट, रेशम पौडेल (सचिव बागलूङ समाज केन्द्र), गणेश गुरुङ (अध्यक्ष तमु धि थेगु शाखा), तिलक तामाङ (सल्लाहकार तामाङ घेधुङ ख्याङसाङ् /कोषाध्यक्ष थेगु नेपाली मञ्च), सन्तोष कस्यप (सचिव थेगु नेपाली मंच) लगायतको उपस्थित रहेको उक्त कार्यक्रममा औपचारिक कार्यक्रम संघका महासचिव खडक घर्ति मगरले सञ्चालन गरेका थिए।

थेगु स्थित गुजी भलिबल खेल मैदानमा अक्टूबर २ तारिक सम्पन्न मैत्रीपूर्ण नक-आउट भलिबल प्रतियोगितामा कोरिया भरिबाट २० टिमको सहभागी रहेको थियो । १९ टीमलाई पछि पार्दै बाग्लुङ समाज “A”प्रथम हुन सफल भएको हो भने उपविजेता थेसो परिवार ‘A’ भएको थियो । सान्त्वनामा स्याङ्जा परिवार थेगु शाखा र गुल्मी सम्पर्क समितिले चित्त बुझाउनु परेको थियो । त्यसैगरी अन्य विधामा उत्कृष्ट स्पाइकर सुमिथ सुनार, उत्कृष्ट लिफ्टर दिनेश क्षेत्री, उत्कृष्ट डिफेन्डर सुरेश क्षेत्री, उत्कृष्ट ब्लकर रमेश थापा मगर सर्बोकृष्ट खेलाडी सूर्यजंग क्षेत्री, नब प्रतिभा खेलाडी करण ओली घोषित भए । मञ्चमा आसीन प्रमुख अतिथिसँगै कार्यक्रम संयोजक कमल थापा मगर र खेल संयोजक मित्र सोराली मगर लगायत अतिथीहरूको हातबाट विजेता उपविजेता टीमलाई पुरस्कार हस्तान्तरण गरिएको थियो।

प्रतियोगितामा प्रथम हुनेले २२ लाख वन, ट्रफि, मेडल र सम्मान पत्र , दोस्रो हुनेले १२ लाख वन, ट्रफि, मेडल र सम्मान पत्र र सान्त्वना हुने दुई टीमले ३ लाख ५० हजार वन साथै उत्कृष्ट स्पाइकरले ५० हजार वन ,मेडल र सम्मान पत्र ,उत्कृष्ट लिफ्टरले ५० हजार वन, मेडल र सम्मान पत्र,उत्कृष्ट डिफेन्डरले ५० हजार वन, मेडल र सम्मान पत्र
र उत्कृष्ट ब्लकरले ५० हजार वन, मेडल र सम्मान पत्र प्राप्त गरे । सर्बोकृष्ट र नव प्रतिभा खेलाडीलाई सम्मान पत्र सहित नगदद्वारा सम्मान गरिएको थियो । खेल सम्पन्न गर्न अहम भूमिका निर्बाह गर्नुहुने मुख्य रेफ्रि अनिल लामिछाने मगर, दिलेन्द्र मगर, फट्ट पुन मगर, गजेंद्र कार्की,जीवन अदै मगरलाई समेत सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...