किरात राई यायोक्खा बुसानको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा हेमन्त खिम्बुले
किरात राई यायोक्खा बुसान शाखा दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । साथै अधिवेशनबाट हेमन्त खिम्बुले राईको अध्यक्षतामा २० सदस्यिय नयाँ कार्यसमिति गठन गरिएको छ।
किरात राई यायोक्खा दक्षिण कोरियाको केन्द्रीय अध्यक्ष पदम राईको प्रमुख आथित्यमा आइतबार किम्हे बुसानमा उक्त अधिवेशनको भएको हो ।
किरात राई यायोक्खा बुसान शाखा सन् २०१५ मा स्थापना भएको हो । यो संस्थाले स्थापनाकाल देखि नै सक्रिय रूप मा बुसान किम्हे क्षेत्रमा आफ्नो उपस्थिति लाई दर्विलो बनाउँदै आइरहेको छ । प्रवासी भूमि मा रहेता पनि किरात राईहरूको धर्म, संस्कार, संस्कृति, भाषा लिपि आदिको संरक्षण गर्ने मुख्य उद्देश्य राखेर संस्था गठन भएता पनि यस संस्थाले कोरियाको हरेक सामाजिक कार्यमा
आफ्नो अर्थपूर्ण भूमिका निभाउदै आइरहेको जनाएको छ ।
यस संस्थाको नवगठित कार्यसमिति का पदाधिकारी र सदस्यहरु –
अध्यक्ष – हेमन्त खिम्बुले राई
वरिष्ठ उपाध्यक्ष – मिना राई
उपाध्यक्ष – जिवित राई
उपाध्यक्ष – लुकास राई
उपाध्यक्ष – जितेन राई
महासचिव – बिकास वाम्बुले राई
सचिव – हिराधन राई
सचिव – युकेश राई
कोषाध्यक्ष – पुजन राई
सह-कोषाध्यक्ष – अप्सरा राई
सदस्यहरु,
तिलक राई
आशिष राई
मेनुका राई
निश्चल राई
आस्था राई
सिमा राई
नबिन राई
बिवेक राई
भरत चाम्लिङ राई
आयुशा राई