Advertisement
SKIP THIS

निर्माणस्थलमा खसेर बिदेशी २ जना मजदुरको मृत्यु, ३ जना घाइते


सियोल, अक्टोबर २२
सियोलको दक्षिणी भागमा रहेको अन्साङमा शुक्रबार एउटा गोदाम निर्माण स्थलमा खसेर दुई कामदारको मृत्यु भएको छ भने अन्य तीन जना कामदार घाइते भएका छन् ।

राजधानीबाट करिब ८० किलोमिटर दक्षिणमा रहेको अन्साङ वोंगोक जिल्लामा रहेको कम तापक्रमको गोदामको निर्माण स्थलमा दिउँसो १ तिर दुर्घटना भएको हो ।

कोरियन समाचार एजेन्सी योन्हाप का अनुसार ख्यङगी (Gyeonggi) फायर एण्ड डिजास्टर डिपार्टमेन्ट द्वारा प्रदान गरिएको यो तस्बिरले सियोलको दक्षिणी भागमा Anseong मा कम-तापमान गोदामको निर्माण स्थल देखाउँछ। (फोटो बिक्रीको लागि छैन) (योनहाप)

सबै विदेशी कामदारहरू चौथो तल्लामा सिमेन्ट खन्याउदै गर्दा भवनको तेस्रो तल्लाबाट ५ देखि ६ मिटर तल खसेको अधिकारीहरूले बताएका छन्।

घाइते कामदारहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो, जसमध्ये तीन जनाको हृदयघातको अवस्था थियो।

ती तीनमध्ये ३० वर्षका दुई चिनियाँ पुरुषको मृत्यु भएको थियो भने ३० वर्षकी एक चिनियाँ महिला बेहोस रहेको अधिकारीहरूले बताएका छन्।

अन्य दुई जना घाइते कामदार ४० वर्षका एक जना उज्बेक र ५० वर्षका एक चिनियाँ नागरिक रहेको बताइएको छ।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेकोले फार्मवर्क किन भत्कियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।

उक्त नयाँ गोदाम निर्माण सियोल लाई बेस बनाएर दर्ता भएको कम्पनी KY Logis का लागि SGC eTEC E&C नामक निर्माण कम्पनीद्वारा गरिएको थियो।

गोदामको कुल भुइँ क्षेत्रफल लगभग २७,००० वर्ग मिटर हुनेछ जसमा एउटा वेसमेन्ट तल्ला र पाँच तल्ला हुनेछन्। गत वर्षको अगस्ट अन्तिममा निर्माण सुरु भएको थियो भने अर्को वर्षको फेब्रुअरीमा सम्पन्न गर्ने गरी निर्माण हुँदै छ ।

निर्माण कम्पनीको दुई सयभन्दा बढी पूर्णकालीन कामदार रहेकाले दुर्घटनामा परी गम्भीर दुर्घटना सजाय ऐन लागु हुने अपेक्षा गरिएको छ ।

यस वर्ष जनवरी २७ देखि लागू भएको कानूनले ५० भन्दा बढी पूर्ण-समय कर्मचारी भएका व्यवसायहरूलाई सजायको व्यवस्था गरेको छ — एक वा बढी वर्ष कैद वा १ बिलियन वोन (US$६९०,०००) सम्मको जरिवानाको व्यवस्था रहेको छ । गम्भीर औद्योगिक दुर्घटनाहरूको लागि मालिक वा जिम्मेवार अधिकारीहरू जसले मृत्यु वा गम्भीर चोटपटकको परिणाम दिन्छ तिनीहरु नै यस्तो सजायको भागिदार रहनेछ ।

श्रम मन्त्रालयले दुर्घटनाको कारण र ठेकेदारले दुर्घटना दण्डनीय कानुन उल्लंघन गरेको हो वा होइन भनेर अनुसन्धान गर्न श्रम निरीक्षकलाई पठाएको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    preload imagepreload image