गायिका सुनिता थेगिमको साथमा चुम्लुङ बुसान कोरियाले चासोक तङनाम मनाउने
किरात याक्थुङ चुम्लुङ बुसान शाखाले गायिका सुनिता थेगिमको साथमा लिम्बु समुदायको चाड चासोक तङनाम शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ। यहिँ डिसेम्बर १८ तारिख आइतबार 가야 대학교 किम्हेमा चासोकको लागि सम्पूर्ण तयारी भइसकेको अध्यक्ष सञ्जोग कन्दङ्वाले जानकारी गराएका छन्।
चर्चित गायिका सुनिता थेगिमको साथमा गायक अर्जुन सुब्बा, गायक हेमन्त गुरुङ र हाँस्यकलाकार आशिष शाह ठकुरीको पनि प्रस्तुती रहने छ। सांगीतिक मनोरञ्जनका साथ साथै लिम्बू मौलिक परिकारहरु पनि रहने छ भने केलाङ यालाङ जस्ता लिम्बू मौलिक नाचपनी रहने आयोजकले जनाएको छ।
हरेक वर्षको मंसिर पूर्णिमाको दिन मनाइने चासोकमा पाकेको नयाँ अन्नबाली सर्वप्रथम पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ। कोरोना महामारी भन्दा अगाडि २०१९ मा गायक डिल्ली फोम्बो र गायक यादन सेर्माको साथमा चासोक मनाइएको थियो।