Advertisement
SKIP THIS

घेदुङले जनवरी २१ मा सोनाम ल्होछार मनाउने


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन जनवरी २१ म कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । आफ्नो भाषा धर्म, संस्कार र संस्कृति संस्कारको संरक्षण गरौ, आफनो पहिचान र अस्तित्वको लागि एक हौं भन्ने मुल नारा सहित हुन लागेको कार्यक्रमबाट भएको आम्दानीले दीर्घकालीन शैक्षिक कोषको स्थापना गर्ने भएको छ ।
‘हाम्रो समुदाय शैक्षिक रुपमा निक्कै पछाडी छ । त्यसैले हामीले सकेको सहयोग गरेर बिपन्न जेहेन्दार विद्यार्थीका सहयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने भएका छौं । यो कोषले हाम्रो समुदायको विद्यार्थीहरुका लागि एउटा कोसेढुङ्गा हुने आशा लिएका छौ ।’ घेदुङका अध्यक्ष रवि लामाले भने । ‘कोरियाको लामो विदा भएकोले पनि सबै साथीभाइ उपस्थित भएर कार्यक्रम सफल बनाउनु हुन्छ भन्ने आशा लिएको छु ।’ उनले थपे ।
ल्होछार कार्यक्रम दिउँसो ३ बजेबाट सुरु भई बेलुकी १० बजेसम्म चल्नेछ । कार्यक्रममा विभिन्न खालको तामाङ संस्कृतिक गीतसंगीत, नृत्य तथा परिकार हुने आयोजकले बताएका छ ।
तमाङले मञ्जुश्री सम्बत् लाई आधार मानेर ल्होछार मनाउँदै आएको छ । यो बर्ष २८५९ मञ्जुश्री सम्बत हो । बाह्रवटा विभिन्न जनावरलाई आधार मानेर बर्ष गनिने चलन अनुसार यो बर्ष खरायो बर्ष हो । कोरियामा रहेका तामाङले सोनाम ल्होछार कोरियाली सलनालमा मनाउँदै आएका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • पहिलो लाइभ कन्सर्टका लागि गायक पूर्ण राई एन्ड दाजुभाइहरु कोरिया आइपुगे
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...