कोरियामा रहेका मगर समुदायले माघे सकराती जनवरी २२ मा मनाउने
दक्षिण कोरियामा रहेका मगर समुदायले माघे सकराती सलनालको दास्रो दिन अर्थात जनवरी २२ मा मनाउने भएको छ । नेपालबाट आमन्त्रण गरिएको कलाकारको साथमा मनाउन लागिएको कार्यक्रममा मगर समुदायको सांस्कृतिक झल्को हेर्न सकिनेछ ।
चाड पर्व कानुङ सम्पटि, जीवाक्के परिस्ले माराकिङ विकृति अर्थात चाडपर्व हाम्रो सम्पति, संरक्षण गरौ मिलेर ल्याउन हुँदैन विकृति भन्ने नारा सहित हुन लागको कार्यक्रमका लागि नेपालबाट चर्चित गायिका सीता थापामगर आउँदैछिन् भने साथमा कोरियामै रहेका कालकारहरुको पनि बेजोड प्रस्तुति रहनेछ ।
नेपाल मगर संघ, दक्षिण कोरिया र शाखाहरु किम्हे बुसान, थेगु र डिएसएमयी खजेदोले एकै ठाउँमा कार्यक्रम गर्न लागेको हो । ‘हामीले कोरिया भरि रहेका शाखाहरुसँगै कार्यक्रम गर्न लागेका हौं । यसमा कोरियामा पहिलो पटक प्रत्यक्ष रिले दोहोरी हुनेछ ।’ मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले भने । ‘झन मगर समुदायमा चर्चित कौडा, सालैजो, मारुनी, हुररा र झ्याउरे नाचहरुले कार्यक्रमलाई थप रमाइलो बनाउनेछ । साथै मगर समुदायको पराम्परागत खाना खिचदी, तरुल, बारा लगाएतको परिकारको स्वाद पनि लिन सकिनेछ । त्यसैले कोरियामा रहेका सबै साथीभाइलाई कार्यक्रममा आउन आग्रह गर्दछु ।’ उनले थपे ।
माघे सकराती कार्यक्रम दिउँसो ११ बजेदेखि सुरु हुनेछ । कार्यक्रमस्थल दोङ्देमुन नजिकै रहेको सिन्दाङ स्टेशनको गेट नं.१२ बाट निस्केर पुग्न सकिने सङदोङछाछाछामा हुनेछ ।