कोरियामा मोटर साइकल दुर्घटनामा दुई नेपाली गम्भीर घाइते
सोल-ईपीएसबाट रोजगारी गर्न आएका दुइ नेपाली कामदार मोटर साइकल दुर्घटनामा परेर दुइ गम्भीर घाइते भएका छन् |
लिम्बु र लामा थर भएका ती कामदारहरु छुनछङ नाम्दोको नुनसान यन्मुदे बजारमा समान किनेर फर्कने क्रममा कारसंग ठोक्किएर गम्भीर घाइते भएको भएका हुन् | ईपीएस बाट आएका उनीहरु फलाम कम्पनीमा काम गर्दै आएका छन् | हाल नूनसानको फेक्चे अस्पतालमा उपचार भैरहेको पवन चाम्लिङले बताए |
चाम्लिङका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ | प्रहरी घटनाको अनुसन्धान गरिरहेको छ | केहि हप्ता अघि मोटर साइकल दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु भएको थियो |