कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न
मञ्जु गुरुङ ,,
” म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन पनि तिरेको छैन । यहाँ बस्यो भने मलाई पागल नै बनाउछ । म इलिगल भएपनि काम गर्छु । म पर्सी आउछु है म्याम । म इलिगल बसेर काम गर्दा साहुले पक्रेर नेपाल पठाई दिन्छ की । ”
यी माथिका भनाइ हुन दक्षिण कोरियामा २०२३ जनवरी ९ तरिख आत्माहत्या गरेकी निर्मला तामाइ०को । २०२२ डिसेम्बर ९ तारिख मसंग फोनमा यसरी नै कुरा गरीकी थिइन निर्मलाले । संजोग पनि कस्तो ठ्याक्कै एक महिनापछि उनले कोठामा झुण्डिएर आत्माहत्या गरेको समाचार सुन्न परयो । पर्सी आउछु है म्याम भनेकी निर्मला अन्नत कहिले नफर्कने गरी सबैबाट टाडा भईन ।
सिन्धुपाल्चोक मेलमची घर भएकी निर्मला इपिएस प्रणाली मार्फत विदेशी कामदारकोरुपमा कोरिया प्रवेश गरेकी थिइन् । २७ वर्षिय निर्मलाले कोरिया प्रवेश गरेको ७ महिनामा नै आफैले आफ्नो जीवनलाई अन्त गरिन । घरमा रहेकी ६ वर्षिय छोरी र शिक्षक श्रीमानको मायाले पनि उनलाई छेक्न सकेन । इन्छनको एक कम्पनीको कोठामा संगैको साथी कामबाट फर्कीदा साँझ ५।३० बजे तिर निर्मलालाई झुण्डिएको अवस्थामा भेटिएको थियो ।
नेपालबाट आएर उनले झल्लाभुक्दोको छन्जु सहरमा काम गरेका थिए । संगै काम गर्ने साथीहरु विदेशी कामदार नै भएपनि नेपाली उनी एक्ली थिइन । सोही ठाउँमा काम गर्दै गर्दा गाहरो भएपछि उनी कम्पनी परिवर्तन गर्न चाहन्थिन । तर साहुले साइन दिन मानिरहेको थिएन । ( इपिएस प्रणाली अन्तरगत काम गरीरहेको कम्पनीबाट अर्को कम्पनीमा जान परे साहुको साईनपत्र अनिवार्य छ । नत्र गैरकानुनी हुने प्रावधान रहेको छ ) मसंग फोनमा कुरा भएको केही दिनपछि उनका अन्कल पर्ने अमृत तामाइ०ले फोन गरी निर्मला त डिप्रेसन हुन लाग्यो जस्तो छ , दिदी तपाईले गएर भेटिदिनुन भन्नु भएको थियो ।
मेरै आग्रहमा छन्जु शहरमै बस्ने नजिकैको सहयोगी नेपाली बहिनी सिम युनाले उनलाई भेटेकी थिइन् । युनाको अुनसरा कोरियन वान पाँच लाख रकम साहुलाई बुझाएर हस्ताक्षर सहितको पत्र लिई निर्मलालाई आफनै घरमा ल्याएका थिए । एक रात त्याँहा बसेपछि निर्मला आफन्तको जाने भनी इन्छन लागेका थिए । त्याँहा आएको बेला निर्मला एक्लै बस्न र पुरुषदेखि डराउने गरेको युनाले बताइन् ।
कोरियाली अध्यगमन विभागको सन २०२२ नोभेम्बरसम्मको तथ्यंक अनुसार कोरियामा हाल विभिन्न भिषामा नेपाली महिलाहरु ६ हजार ६ सय ४२ जना रहेका छन् । जसमध्ये २ हजार ९ सय २९ जना इपिएस मार्फत ( इ ९ ) कामदार भिषामा रहेका छन् । तर गैरकानुनीरुपमा रहेको महिलाहरुको यकिन तथ्यकं नभएकाले यसको दोब्बर संख्यामा महिलाहरु कोरियामा कार्यरत रहेको अुनमान गर्न सकिन्छ ।
इपिएस मार्फत काम गर्न कोरिया आएका नेपाली महिलामा आत्माहत्या गर्ने सम्भवत निर्मला तामाइ० पहिलो हुन् । तर कोरियामा सन २०१३ जुन महिनामा कोरियनसंग विवाह गरी आएकी धादिइ०की गौरी तामाइ०ले पनि आत्माहत्या गरेको थियो ।
हुन त महिला भएकै कारण भोग्नु पर्ने हिंसा त छदैछ । प्रवासमा अझ विदेशी कामदारको रुपमा झेल्नुपर्ने अपमान र हिंसाको घट्नाहरु पनि छन् । कतै साहुजी त कतै सहकर्मी पुरुषबाट हुने मानसीक तथा यौनिक हिंसाका घट्नाहरु पनि सुनिने गर्छ । यस्ता हिंसाले नै मानसिक रोगी बनाउने र अन्तत आत्माहत्या गर्न बाध्य पार्ने गर्छ ।यस्तो बेला परिवारले पनि सहेरै भएपनि काम गर्नुपर्छ भन्ने दवाब दिए भने आत्माहत्याको एक कारण बन्न जान्छ । हुन त कोरियामा यस्तै विभिन्न समस्याबाट मानसिक रोगी बनेपछि सबैको सरसहयोगमा कति चेलीहरुलाई नेपाल पठाएको उदाहरणहरु पनि छ ।
तर इपिएस कामदारकोरुपमा कोरिया आएका महिलाहरु मध्ये आत्माहत्या गर्ने पहिलो महिला निर्मला बनिन् । के निर्मला मानसिक रोगको शिकार भएकी थिएन् ? किन एक्लै बस्न डराउथिइन् ? किन पुरुषदेखि डराउन थालिन ? यो प्रश्नले धेरै आशंक उब्जाउने गर्छ । काम गर्ने ठाउँमा पाएको तनाब कै कारण मानसिक रोगी बनिन त ? काम गर्ने ठाउँमा उनले कस्तो तनाब झेल्नु परेको थियो होला ? उनले आत्माहत्या गर्नुको कारण के कम्पनीको साहु हुन , कि एक पुरुष ? कि इपिएस प्रणाली ?
विदेश गएर अर्थ आर्जन गरी आफ्नो परिवार र सन्तानको भविष्य उज्जवल पार्ने सपनाको घाटी रेट्न किन बाध्य बनिन निर्मला । विदेशमा आत्माहत्य गर्न बाध्य पार्ने निर्मला जस्तो महिलाहरुलाई बचाउन कोरियामा रहेका नेपाली समाजको कस्तो दायित्व होला । यस्ता समस्यालाई न्युनिकरण गर्न नेपाल सरकार र कोरियामा रहेको नेपाली समुदाय अग्रसर हुन आवश्यक छ ।
निर्मलाले पहिलो कम्पनीबाट रकम बुझाएर साइन लिएपछि अर्को कम्पनीमा काम गर्न गएकी थिइन् । त्यो कम्पनीमा पुगेको ४ दिन जति भएको तर काम शुरु नगरेको अवस्थामा आत्माहत्या गरेको थियो । नेपालबाट परिवारको चाहना अनुसार उनको शबलाई नेपाल पठाउन लाग्ने प्लेन खर्चको लागि कोरियामा नेपाल तामाइ० घेदुइ० र सिन्धुपाल्चोक समाजको अगुवाईमा आर्थिक सहयोग संकलन गरिएको थियो । निर्मलाको शबलाई नेपाल पठाई अन्त्येष्ठी गरिसकेको छ ।