विनाशकारी भूकम्पपछि टर्की र सिरियामा ३६ हजारभन्दा बढीको मृत्यु ,११३ जना निर्माण व्यवसायीलाई पक्राउ पूर्जी जारी
गत सोमबार आएको विनाशकारी भूकम्पपछि टर्की र सिरियामा मृत्यु हुनेको संख्या कम्तिमा ३६,२१७ पुगेको छ ।
टर्कीमा मृत्यु हुनेको संख्या ३१,६४३ पुगेको टर्कीको आपतकालीन समन्वय केन्द्र साकोमले सोमबार जनाएको छ। टर्कीमा घाइतेहुनेहरुको संख्या ८० हजार भन्दा ज्यादा पुगेको छ ।
सिरियामा मृत्यु हुनेको संख्या ४ हजार ५ सय ७४ पुगेको छ । शक्तिशाली भूकम्प गएको एक साताभन्दा बढी समयपछि टर्कीको हाते प्रान्तमा १७५ घण्टादेखि भग्नावशेषमा फसेकी एक महिलाको सोमबार उद्धार गरिएको छ ।
टर्कीका अधिकारीहरूले गत हप्ता दक्षिणपूर्वी टर्कीमा ठूलो भूकम्प र शक्तिशाली पराकम्पनका कारण ध्वस्त भएका भवनहरूको निर्माणको सम्बन्धमा सोमबारसम्म कम्तिमा ११३ जनालाई पक्राउ पुर्जी जारी गरेका छन्।