मगर संघको अधिवेशन स्थगित
नेपाल मगर संघ दक्षिण कोरियाको आइतबार हुन लागेको अधिवेशन विशेष कारणले केही समयको लागि स्थगित भएको संघले जनाएको छ । सउलमा हुन लागेको ११ औं अधिवेशन केही समय पछि नै गरिने पनि आयोजकले जनाएको छ ।
आयोजकले आइतबार गर्ने भनिएको अधिवेशन विशेष परिस्थीतीले स्थगित भएको र यसबाट पर्न गएको असुविधाको लागि क्षमा चाहान्छौं । संघले जारि गरेको सुचनामा भनिएको छ । साथै अधिवेशनको लागि पुन अर्को मिति र समय तय गरेर सबैलाई सुचना दिने पनि जनाएको छ ।