नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने
कोरिया स्थित गौरवमय जातीय संस्था नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले यही मार्च १२ तारिक किम्हे सहरको जिकेएस हलमा चौथो अधिवेशन गर्ने भएको छ । संस्थाले आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष धनराज तामाङले जानकारी दिए ।
विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तामाङ जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवा पुर्याउँदै आइरहेको संस्थाले विगत चार वर्षदेखि विभिन्न समस्यामा बस्ने नानाआ ङा (दिदीबहिनी ) हरुलाई मध्यनजर गरि नाना आङा धिम अर्थात् दिदीबहिनी आवास गृह समेत संचालन गर्दै आईरहेको छ ।
उक्त चौथो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजिवी, शुभचिन्तक, समस्त सदस्यहरु लगायत बुसान किम्हे आसपासका संघ संस्थाहरुलाई नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
तपसिल :
मिति : २०२३ मार्च १२, आइतबार
समय : दिनको ठिक १२:०० बजे
स्थान : जिकेएस हल, किम्हे बुसान