Advertisement
SKIP THIS

काभ्रे सम्पर्क समितीले शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न


काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेपलान्चोक जिल्लाको १३ स्थानीय तहका ३५ वटा बिध्यालयमा अध्ययनरत झण्डै ६ सय गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्रीहरू वितरण गरेको छ ।

संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर विध्यार्थीहरुलाई स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको हो । संस्थाले शैक्षिक सामाग्री बितरणका लागि १३ स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी छुट्टा छुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरेका थिए ।

जिल्लाको ७ गाउँपालिकामध्ये प्रत्येक गाउँपालिकाबाट ३/३ का दरले विध्यालय छनोट गरिएको थियो भने तुलनात्मक रुपमा जिल्लाको सुगममा ३ वटा नगरपालिकामा १/१ विध्यालय छनोट गरेको थियो । बाँकी २ वटा नगरपालिकाबाट भने २/२ विध्यालयलाई छनोट गरेर शैक्षिक सामाग्री वितरण गरिएको हो ।

जिल्लाभर शैक्षिक अभियानको रुपमा सबै गाउँ/नगरसम्म पुगेर निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका लागि सहयोग र सहकार्य गर्न पाँउदा गौरवान्वित महसुस भएको काभ्रे सम्पर्क समितिका अध्यक्ष प्रकाश योन्जनले बताए । छनौटमा परेका प्रत्येक विध्यालयबाट न्युनतम १५ जना विध्यार्थीहरु गरिब तथा जेहन्दार छानिएका थिए ।

एक विध्यार्थीले एक झोला, पाँच कापी, एक क्यालकुलेर, एक जियोमेट्री बक्स, एक ड्ट्पेन, दुई पेन्सिलका दरले वितरण गरेका हुन् । प्राथमिकता तहमा अध्ययनरत विध्यार्थीहरुले जियोमेट्री बक्स पाएका थिए भने माध्यमिक तहका लागि क्यालकुलेटर सहित अन्य शैक्षिक सामाग्री  वितरण गरिएको थियो ।

समितिले पहिलो पटक जिल्लाभर सबै दुरदराजका गाउँ देखि नगरसम्मलाई समेटेर बृहत् परोपकारी कार्यक्रम गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष मनोज मगरले  जानकारी दिए ।

नेपालबाट शैक्षिक सामाग्री ब्यबस्थापन संस्थाका सल्लाहकार हरिकृष्ण श्रेष्ठ, वितरण सहजीकरणमा पुर्व सल्लाहकार रामकृष्ण आचार्य, कार्यसमितिको तर्फबाट आशिष तामाङ, दिवाकर चौलागाईंले भूमिका निर्वाह गरेका थिए ।

समितिले कार्यसमितिका सदस्यबाट नियमित रुपमा संकलन गर्दै आएको लेवि, सदस्यता शुल्क तथा विभिन्न कार्यक्रम गर्दा बचत हुन गएको रकमबाट स्रोत ब्यवस्थापन गरेको उपाध्यक्ष सुमन चौलागाईंले बताए ।

उक्त अभियानमा साथ, सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ समृद्ध देश निर्माणको मुख्य आधार रहेको सार्वजनिक शिक्षा निशुल्क, गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि राज्यलाई खबरदारी गर्ने र आगामी दिनमा पनि सक्दो सहयोगको काम गर्दै जाने संस्थाका अध्यक्ष योन्जनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

स्थायी घर काभ्रे भई कोरियामा कार्यरत नेपालीहरुको सुख दुःखमा हातेमालो गर्दै सामाजिक परोपकारी कार्यहरू गर्दै आईरहेको संस्था सन् २०११ मा स्थापना भएको थियो ।

तस्बीरः नोक बहादुर लामा / हरिसिद्दि मा.बि. कालिन्चोक

तस्बीरः नोक बहादुर लामा / हरिसिद्दि मा.बि. कालिन्चोक

तस्बीरः नोक बहादुर लामा / इन्द्रेदय निमाबि खार्पाचोक

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राज्य मन्त्रीको प्रमुख आतिथ्यमा एनआरएनए कोरियाको एकता महाधिवेशन हुँदै
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...