मार्च १२ मा हुने नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको चौथो अधिवेशन तयारी पुरा
मार्च १२ मा हुने नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको चौथो अधिवेशनको तयारी पुरा भएको छ । विविध कारणले समय अगाडी नै गर्न लागिएको अधिवेशन आउने मार्च १२ तारिक आईतबारका दिन ख्याङ्साङ् नाम्दो किम्हे शहरको जि.के.एस हलमा हुने छ । यसको लागि गर्नुपर्ने सम्पुर्ण तयारी पुरा भएको जानकारी अध्यक्ष धनराज तामाङले दिएका हुन् ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रको प्रतिनिधि पनि सहभागी हुने जनाएको छ । “घेदुङ कोरिया केन्द्रको अधिवेशन चाँडै हुँदैछ र म लगायत यस कार्यसमितिको केही साथीहरु नेपाल फर्किन पनि लागेको भएर अधिवेशन अलि अगाडि गर्न लागिएको हो ।” अध्यक्ष तामाङले फोनिज कोरियालाई बताए ।यस अधिवेशनबाट नयाँ कार्यसमितिको निर्वाचन गरिने छ ।
घेदुङ शाखाले विभिन्न समाजिक कार्यहरू गर्दै आईरहेको छ । करिब ४ बर्ष अगाडी देखी ख्यङ्साङ् बुसान क्षेत्रका समस्यामा परेका महिलाहरुका लागी नाना आङा धिम(दिदी / बहिनी आवास गृह) संचालन गर्दै आएको छ । यसबाट अहिले सम्म ५ सय भन्दा बढी दिदी बिहिनीहरू लाभान्वित भएको घेदुङले जनाएको छ । करिब ३ बर्ष सम्मा निशुल्क रुपमा बस्ने व्यवस्था गरेको थियो । व्यवस्थापनमा समस्या हुन थालेकोले अहिले स्वइच्छाले शुल्क दिने गरेकाे अध्यक्ष तामाङले जानकारी दिए ।
“भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान” भन्ने मुल नाराका साथ सन २०१८ मा स्थापना भएको हो । सुरुमा तामाङ समाज ख्याङ्साङ नामले सुरु भएको यस संस्था सन २०२० बाट नेपाल तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखाको रुपमा रहेकाे छ ।