नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्रा राना
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन मार्च १९ आईतबार सम्पन्न भएको छ । सउलको दोङ्म्योकाे नमस्ते रेष्टुरेन्टको हलमा भएको उक्त अधिवेशनबाट चन्द्रा रानाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।
अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा चन्द्रा राना (गुल्मी), वरिष्ठ उपाध्यक्ष अमित राना (स्याङ्जा), उपाध्यक्ष श्रवण श्रेष्ठ (पर्वत), महासचिव लेसन गुरुङ (स्याङ्जा), सचिव गजेन्द्र कार्की (धनकुटा), कोषाध्यक्ष केदार गौतम (बागलुङ), सहकोषाध्यक्ष सरोज जिसी (बागलुङ), सदस्यहरुमा रोमन बानियाँ (म्याग्दी), मुकेश बिक (गोरखा), समीर कार्की (कास्की) र विशाल गुरुङ (कास्की) सर्वसम्मत चयन भएका हुन् ।
नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित “विकास, अनुशासन र गतिशीलता, स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता” भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड र सञ्चालनमा अभिभावकत्व प्रदान गरिरहेको यस संघले सन् २०२३ सिजनभरीकै लागि भलिबल प्रतियोगिता बाँडफाँड पनि गरेको छ ।