तामाङ घेदुङ दक्षिण कोरियाको ११ औं अधिवेशन आगामी मे २१ मा हुने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौँ अधिवेशन आगामी मे २१ मा हुने भएको छ । विधान अनुसार दसौँ कार्यसमितिको २ बर्षे कार्यकाल समाप्त हुन लागेको हुँदा अधिवेशन गर्न लागेको अध्यक्ष रवि लामाले फोनिज कोरियालाई जानकारी दिएका हुन् ।
“अधिवेशनको तयारिका लागि छिट्टै तयारी समिति निमार्ण गर्ने र स्थान पनि तोक्ने छौ ।” अध्यक्ष लामाले बताए ।
घेदुङ कोरियाले आफ्नो स्थापना समय देखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरुसँग हातेमालो र सहकार्य गरी सामाजिक कार्य गर्दै आएको छ ।
घेदुङ कोरियाको स्थापना सन् २००३ मा भएको हो । सुरुमा यसको नाम “तामाङ संघ दक्षिण कोरिया” थियो । सन् २०२१ मा भएको दसौँ अधिवेशनबाट नेपाल घेदुङको प्रवास शाखाको रुपमा रुपान्तरण भएको हो ।