मिर्याङ्ग नेपाली समाजको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अप्रिल १६ मा हुने
मिर्याङ्गमा कार्यरत नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा आठौ अधिवेशन यही आउँदो अप्रिल १६ तारिक आइतबार हुने भएको छ । अधिवेशन मिर्याङ्ग स्थित रोटरी क्लबको हलमा दिउँसो १२ बजे देखि सुरु हुनेछ ।
“सबै जातजाति विचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माण हाम्रो प्रतिबद्धता ” भन्ने नाराको साथ ७ बर्ष अगाडि स्थापना भएको हो । संस्थाले स्थापना कालदेखी नै दक्षिण कोरिया र नेपालमा अप्ठ्यारोमा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई साथ र सहयोग गर्नुको साथै मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
दक्षिण कोरियामा यस संस्थालाई छेजुदो भ्रमण गराउने संस्थाको नामले चिनिन्छ । गत वर्ष संस्थाको आयोजनामा २ सय जनाभन्दा बढी नेपालीहरुले छेजु टापु भ्रमण गरेको थियो । आठौं अधिवेशन पश्चात् यस बर्षको छेजुदो भ्रमण तयारीमा जुट्ने वरिष्ठ उपाध्यक्ष टंक रिजालले जानकारी दिए ।
वार्षिक साधारण सभा तथा आठौं अधिवेशनमा विभिन्न पेशा, व्यवसायमा आबद्ध सम्पूर्ण मिर्याङ्गवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताको लागि संस्थाको अध्यक्ष मिलन तामाङले हार्दिक निमन्त्रणा गरेका छन् ।