प्रतिबद्ध कामदारहरुलाई नयाँ नियम
दक्षिण कोरियाको पहिलो कार्यकाल सकेर नेपाल पुगेर पु:न कोरिया प्रवेश गर्ने प्रतिबद्ध कामदार (Committed Workers) का लागि नयाँ नियम लागु हुने भएको छ ।
नयाँ नियम अनुसार नेपाल पुगिसकेपछि प्रतिबद्ध कामदारले एक महिना भित्र इपिस् नेपाल कार्यालय ग्वार्खोमा नेपाल आइपुगेको रिपोर्ट (Arrival Report) पेश गर्नुपर्ने छ । त्यस्तै CCVI जारी भएको दुई हप्ता भित्रमा फर्म भरी सक्नुपर्ने छ ।
कसैले एक महिना भित्रमा आइपुगेको रिपोर्ट (Arrival रिपोर्ट) पेश नगरेमा त्यस पश्चात सो Arrival Report नलिईने समेत जनाएको छ ।
HRD Service of Korea बाट प्राप्त पत्र अनुसार गत हप्ता इपिएस् कोरिया कार्यालय ग्वार्खोले यस्तो सूचना प्रकाशित गरेको हो । सूचना अनुसार CCVI जारी भएको तीन महिना भित्र सम्बन्धित व्यक्ति कोरिया प्रस्थान गरी सक्नु पर्ने जनाएको छ ।