मिर्याङ्ग नेपाली समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । नव आगन्तुकहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम सहित समाजले मिर्याङ्गको (암새들 체육공원) मा सो कार्यक्रमको आयोजना गरेको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले वर्षेनी आयोजना गर्दै आएको कार्यक्रलाई निरन्तरता दिँदै उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष साजन थापाले जानकारी दिए । “सबै जातजाती विचको एकता, जवाफदेही र पारदर्शी पूर्ण समाज निर्माण हाम्रो प्रतिबद्धता” भन्ने मूल उद्घोषसँगै सन् २०१५ मा स्थापित समाजले प्रत्येक वर्ष छेजुदो घुमाउने संस्थाको रुपमा परिचित भएको सन्दर्भ उल्लेख गर्दै यसपटकको बनभोज कार्यक्रम आयोजना गर्ने पक्का भएको समाजका सचिव विक्रम गरन्जा मगरले बताए ।
कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनुहुन समस्त मिर्याङ्गवासी महानुभावहरुमा आयोजक समाजले हार्दिक अपिल गर्दै ईच्छुक व्यक्तिहरुले यथासक्य छिटो नाम टिपाई सहयोग गर्नुहुन समेत अनुरोध गरेको छ ।