दक्षिण कोरियामा किरात राई यायोक्खाले साकेला पर्व मनाउने
प्रकृति पुजक किरात राईहरुले बिगतका बर्षहरु झैँ यो बर्ष पनि दक्षिण कोरियामा यलेदोङ ५०८३ अर्थात २०८० उभौली साकेला हर्सो उल्लासका साथ धुमधामले मनाउने भएका छन् । बसन्त ऋतुमा बानी नाली राम्रो होस् सबैमा सुख शान्ती सू स्वास्थ्य रहोस् र दैवि प्रकोपहरु नआउन् भनी पूजा गरिन्छ । किरातिहरु प्रकृति पुजक भएकाले हरेक बर्ष बाली लगाउने समय बुद्ध जयन्ती अर्थात् बैशाख पुर्णिमामा उभौली अनि बाली पाकिसकेपछी खुसियाली मनाउदै भित्र्याउने समयमा उधौली मनाउने गर्दछन् ।
कोरियाको ख्यङ्गि प्रान्तको सुवनमा रहेको ह्वासमुन छाङ्आन पार्क (화서문 장안공원) मा यहि आउदो मे १४ तारिख आइतबार गर्न लागिएको साकेलामा किरात बन्धुहरुका साथै सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बैनिहरुलाई किरात राई यायोख्खा द. कोरिया केन्द्रिय समिती हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछ ।