प्रज्वलको जीवन बचाई दिन अपिल


वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत ६ महिना अघि दक्षिण कोरिया आएका जिल्ला पांचथर फाल्गुन्द गाउंपालिका वार्ड नं २ सुसुवा ईम्बुङ्ग निवासी प्रज्वल सुब्बा गत शनिबार २२ तारिख देखि ख्यङ्गगिदो उईजङ्गबु स्थित रहेको क्याथोलिक सङ्गमो अस्पतालको आईसीयुमा कलेजोमा गम्भीर समस्या भई अचेत अवस्थामा उपचार भई रहेको जानकारी गराउदै किराँत याक्थुङ चुम्लुङ र पाँचथर सेवा समाजको संयुक्त सहकार्य र समन्वयमा सेवा नै धर्म हो भन्ने उदेश्यका साथ स्वेच्छिक आर्थिक सहयोगको लागि हार्दिक अपिल गरेको छ ।
बिमारी प्रज्वल सुब्बा ईपीएस मार्फत कृषि भिषामा कोरिया आई उईजङ्गबु क्षेत्रको कृषि फर्ममा काम गरि रहेका थिए । कम्पनीले २ महिना अघि दुर्रव्यवहार गर्दे सुब्बालाई कम्पनीबाट निकाली दिएको थियो । उईजङ्गबुको एक सेल्टरमा बसेर कामको खोजी गर्दे थियो । गत शनिबार दिउसो सेल्टरमा बसि रहेको अवस्थामा आकस्मत एक्कासी सास फेर्न गाह्रो भएपछि तुरुन्त सङ्गमो अस्पतालमा लगेका एक आफन्तले बताए ।
बिमारीको आफन्तका अनुसार काम छोडेकोले स्वास्थ्य उपचार बिमा पनि रदद भई सकेको र थप स्वास्थ्य उपचारको लागी अत्यन्तै मोटो रकम लाग्ने अस्पतालको प्रशासन शाखाले जानकारी गराएको बताए । सुन्दर भविष्यको सपना बोकेर कोरिया आएका एक नेपालीको जीवन बचाई दिन हुन सम्पूर्ण संघ संस्था तथा आदरणीय दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अपिल गरिएको छ ।
# बैंक खाता बिवरण #
Name- Yubendra tumbapo
Bank name : 기업은행 IBK Bank
Account no : 22141186302014
Enter

You sent

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...