नेपाली सम्पर्क समितिले चुसकको लागि कार्यक्रम बाडफाड गर्यो
सोल – कोरिया राजधानी सोल स्थित नेपाल हाउसमा आज बसेको नेपाली सम्पर्क समितिको बैठकले आउदो चुसकको लागि कार्यक्रम बाडफाड गरेको छ |
बाडफाड कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत कमानसिह लामा , श्रम सहचारी अनिल गुरुङ एन आर एन कोरियाका अध्यक्ष बिनोद कुवर , जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन , वोमन फर वोमनकि अध्यक्ष मल्लिका थकाली एन सी सी पूर्व अध्यक्ष लोचन राई , बर्तमान अध्यक्ष प्रेम शाह लगायत बिभिन्न संघ संथाका प्रतिनिधिहरु , बिद्यार्थी , ब्यबसायी , पत्रकार लगायत अन्य पेशाकर्मीको उल्लेखीय उपस्थिति रहेको थियो |
तारा केसी , भक्त शेरचन , प्रेम शाह , गंगा थापा श्रेष्ठ र नरेन्द्र ढकाल संयोजक रहेको निर्णायक मण्डलले सास्कृतिक कार्यक्रम तर्फ सेप्टेम्बर २६ तारिख लागि म्याग्दी समाज समितिलाई २७ तारिखको लागि तमुधी र नेपाल गोर्खा परिवारलाई कार्यक्रम गर्न दिने निर्णय गरेको छ साथै भाग्यशाली चिठ्ठा तर्फ अर्घाखाँची समाज , सोलु सम्पर्क समिति र अन्नपुर्ण दुध पोखरी समाजलाई प्रदान गरिएको छ |