कोरियाको सुवन र मोक्पोमा जारी चलचित्र हाउसफूल,

मे २१ आइतवार कोरियाको २ शहरहरुमा जारी चलचित्रको भब्य प्रदर्शन सम्पन्न भएको छ। दर्शकको अत्याधिक चापका कारण सुवनमा २ शो गर्नु परेको थियो भने मोक्पो शो हाउसफूलका साथ सम्पन्न भएको छ। कतिपय दर्शक टिकट नपाएर फर्किएका थिए।

दर्शकले खचाखच भरिएको सुवन शो
नेपालमा छैठौँ हप्तामा चलिरहेको ब्लकबस्टर चलचित्र जारीलाई सुवनमा वन्जु मुन्माक मैत्री समाजले आयोजना गरेको थियो भने मोक्पो शो परदेशि इन्टरटेन्मेन्टले आयोजना गरेका थिए।
लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह माया पाइरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल रेखा फागो आदिको अभिनय हेर्न सकिने छ। उपेन्द्र सुब्बाद्वारा लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।