धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
धनकुटा सहिदभूमि वडा न. ५ निवासी रामकुमार राई २०७९/०९/२१ का दिन ट्रयाक्टर दुर्घटनामा परि उपचारत बिरामीलाई धनकुटा सेवा समाज द. कोरियाले आर्थिक सहयोग रकम प्रदान गरेका छन।
दक्षिण कोरियालाई आफ्नो कर्मभूमी बनाई रोजगारीमा रहनु भएका प्रवासी धनकुटेली तथा गैर धनकुटेली दाजुभाई दिदीबहिनीहरुबाट धनकुटा सेवा समाज द. कोरिया मार्फत संकलन गरी रु ३७८८००/- (तीन लाख अठहत्तर हजार आठ सय) रुपैयाँ प्रदान गरेका छन। सो रकम बिरामीलाई प्रत्यक्ष भेटेरै उपध्यक्ष श्री धीरेन दर्नल ज्यूबाट हस्तान्तरण गरिएको हो।
धनकुटा सेवा समाजले आर्थिक विपन्न विरामीहरुलाई मात्र नभै अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ। साथै प्रवासमा कामको खोजीमा रहेकाहरुको लागि धनकुटा सेवा समाज ले २०१६ बाट आवास गृह समेत सन्चलन गर्दै आइराखेको सस्थका बरिस्ठ उपध्यक्ष कुमार भट्टाराईले जानकारी दिनु भएको छ।।
रामकुमार राई कम्मर देखि मुनि गोलीगाँठो हड्डिहरु भाँचेकोले रड र स्क्रुप जडान गरी विराटनगर न्यूरो अस्पतालमा लामो अवधी सम्म देखाई रहनु पर्ने छ र अत्यधिक खर्च हुने भएकोले गर्दा सहयोग रकम प्राप्त गरी सो रकमले ठुलो टेवा पुग्ने बताउदै सहयोगीहरु प्रति हार्दिक आभार व्यक्त गरेका छन।