२०२३ छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज

दक्षिण कोरिया स्थित मिर्याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “छैठौं छेजुदो भ्रमण” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको २८ देखि ३० तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।
स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत छैठौं संस्करणको भ्रमणको तयारीमा जुटेको समाजका अध्यक्ष साजन थापाले जानकारी दिए । भ्रमणमा जानको लागी सउल क्षेत्रको लागि दोङ्देमुन, किम्हे र बुसान क्षेत्रको लागि किम्हे र मिर्याङ र थेगु क्षेत्रको लागी मिर्याङबाट मोक्पो बन्दरगाहसम्म जाने बसको व्यवस्था गरिएको समाजका संरक्षक सागर पोख्रेलले बताए ।
उक्त छेजुदो भ्रमणमा जान इच्छुकले उल्लेखित स्थान अनुरुप आफूलाई पायक पर्ने ठाउँमा बस चढ्नुपर्ने र ब्यानरमा उपलब्ध गरिएका आयोजकका व्यक्तिलाई सम्पर्क गरेर नाम टिपाउनुपर्ने उल्लेख गर्दै छेजुदो जाने आउने, खाना र जोडी (कपल) को लागि छुट्टै रुम तथा इन्स्योरेन्स समेत लगायतको सम्पूर्ण सुविधा प्याकेजमै समावेश गरिएको समाजका सचिव बिक्रम गरञ्जा मगरले जनाए ।
भ्रमण सम्बन्धि विस्तृत जानकारीको लागि समाजका अध्यक्ष साजन थापा (01074741988) लाई सम्पर्क गर्न सकिने र नाम दर्ता, अन्य विवरण लगायतको सम्पूर्ण जानकारी छिट्टै उपलब्ध गराईने भएको समाजले जनाएको छ ।