कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने
कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न समझदारी पत्र (MOU) अनुरुप रोजगार अनुमती प्रणाली (EPS) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली कामदार पठाइरहेकत्र छ ।
कामदारको छनौट गर्न HRD Service of Korea बाट मिति २०८० बैशाख २५ गते देखि २०८० जेठ ०४ गते (तदानुसार ई. स. ०८ मे, २०१३ देखि १८ मे २०२३) सम्म सम्पन्न भएको सीप परीक्षण (Skill Test ) को अन्तिम नतिजा उक्त मितिमा प्रकाशन हुने भएको हो ।
परिक्षामा उतीर्ण आवेदकले रोजगार आवेदन फाराम (Job Application Form ) भर्नका लागि स्वास्थ्य परीक्षणको तालिका अन्तिम नतिजा प्रकाशन भएपश्चात प्रहरी प्रतिवेदन (Police Report) तथा स्वास्थ्य परीक्षण (Medical Report) मा समेत सफल हुनु पर्नेछ । साथै राहदानीको म्याद कम्तिमा पनि एक बर्षको हुनुपर्ने, कुनै “क” बर्गको बैंकमा आफ्नै नाममा खाता खोलेको हुनपर्ने जनाएको छ ।
इपिएस वेभसाइटमा जारी भएको सूचनाः