बुद्ध जन्मजयान्ती तथा शाक्यमुनि बुद्ध प्रतिमा शिलान्यास जिहेङमा जुन ४ मा हुने
नागार्जुन गुम्वा र नेपाल बौद्ध परिवार दक्षिण कोरियाले “२५६७ औं बुद्ध जन्म जयन्ती” अवसरमा विशेष पूजापाठ गुम्वा अवस्थित जिहेङमा जुन ४ तारिख आईतबार मनाउने भएको छ ।
साथै उक्त दिन नेपालबाट ल्याइएको शाक्यमुनि बुद्ध प्रतिमा शिलान्यास पनि हुने नेपाल बौद्ध परिवार दक्षिण कोरियाका सचिब दावा रिन्जेन लामाले जानकारी दिए ।
बुद्धको जन्मभूमीका हामी नेपाली प्रवासमा रहेर पनि विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिदै आएका छौं, कोरियावासी सम्पूर्ण नेपालीहरूमा उपस्थितीको लागि समेत सचिब लामाले निमन्त्रणा गरेका छन् ।
विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्मा कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि एकै बैशाख पूर्णिमा तिथिमा पर्छ । उक्त महान तिथिलाई बौद्ध धर्मावालम्वीहरूले बिशेष महत्वका साथ बुद्द जयन्तीका रूपमा मनाउदै आइरहेको छ ।