पूर्वाञ्चल सरोकार समाजको तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा गजेन्द्र शेर्मा
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गजेन्द्र शेर्माको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ ।
पूर्वाञ्चलका १६ ओटा क्षेत्रीय र जातीय संस्थाको छाता संगठनको रुपमा रहेको समाजका अन्य पदाधिकारीमा बरिस्ठ उपाध्यक्ष चित्र कुमार घले, उपाध्यक्ष बिनोद बास्तोला रहेका छन् । त्यस्तै महासचिव केदार निरौला, सचिब कुबेर न्यौपाने र अबिरल बुढाथोकी चुनिएका छन् ।
कार्यसमितिको कोषाध्यक्ष दीपा राई, सह कोषाध्यक्ष सपना सेलिङ र सदस्य डम्बर केदेम निर्वाचित भएका छन् ।
अधिवेशनमा कोरियामा रहेको विभिन्न जातीय र क्षेत्रीय संस्थाको प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । गैर आबासीय नेपाली संघका अध्यक्ष दिपक पुन प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली सम्पर्क समिति एनसीसीका अध्यक्ष हरि खनाल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विसन राई लगायत जातीय र क्षेत्रीय संस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए ।