Advertisement
SKIP THIS

वन्जु मुन्माक मैत्री समाज मार्फत् दुई बिरामीले पाए डेढ लाख रुपैयाँ भन्दा बढीको सहयोग


कोरियामा रहेका उपचारार्थ दुई बिरामीहरु पार्वती तामाङ र लाल बहादुर बोहरा (प्रतिक) ले राहत र सान्तवना स्वरुप आर्थिक सहयोग प्राप्त गरेका छन् ।  कोरियामा स्थापित नेपालीहरुको साझा संस्था वन्जु मुन्माक मैत्री समाजले आर्थिक सङ्कलन अभियान मार्फत् उठेको १६ लाख २४ हजार १ सय ५७ कोरियन वोन (डेढ लाख रुपैयाँ भन्दा बढी) दुई बिरामीलाई आधा आधा हुने गरी सहयोग प्रदान गरेको हो । समाजले आर्थिक सङ्कलनको लागि विज्ञप्ति जारी गर्दै सहयोगको लागि अपिल गरेको थियो ।

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका १, काहुले स्थायी घर भई हाल कोरियाको खाउन्दो स्थित एक कम्पनीमा कार्यरत पार्वती तामाङको ( १ लाख वोन बढी समाजको सदस्यता लिएको कारण) अचानक दाँया खुट्टा नशा र हाडमा समस्या देखिएपछि सउल अस्पतालमा भर्ना भई करीब ९० लाख कोरियन वोन भन्दा बढी उपचार खर्च लाग्ने र नियमित चेकजाँच गरिरहनुपर्ने अस्पताल स्रोतले जनाएको थियो भने कैलाली जिल्लाको चुरे १, स्थायी घर भई कोरियाको खाउन्दो स्थित एक अण्डा कम्पनीमा कार्यरत लाल बहादुर बोहरा (प्रतिक) काम गर्ने क्रममा मोटर बेल्टमा बाँया हात च्यापिएर पाँचवटै औँला पूर्ण रुपमा क्षतविक्षत भएको हो ।

समाजले गत मे महिनाको २१ तारिक नेपाली चलचित्र “जारी” सुवन शो गरे लगत्तै सामाजिक अभिभारा र संस्थागत उद्धेश्य अनुरुप दुःखको बेला मानवीय संवेदनामा रहेर सहयोग सङ्कलन अभियानमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले बताए । “प्रवासमा हाम्रो एकता, सुख दुःखमा आपसी सामिप्यता” भन्ने मूल नारा सहित स्थापना भएको समाजले समय सापेक्षित विभिन्न कार्यक्रम आयोजना गर्दै समाजलाई चलायमान गराउँदै आइरहेको सन्दर्भ महासचिव सुवास ठकुरीले स्पष्ट पारे । उपचारकै क्रममा रहेको दुई बिरामी मध्ये लाल बहादुर बोहरा (प्रतिक) लाई समाजका महासचिव सुवास ठकुरी, सदस्यद्धय सबिन बोहरा र रत्न लिम्बुले प्रत्यक्ष भेटेर नै सहयोग हस्तान्तरण गरिएको हो भने पार्वती तामाङलाई उहाँकै खातामा सहयोग सिधा ट्रान्सफर गरिएको हो ।

शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो दुःखद घडीमा राहत र सान्तवना स्वरुप संस्थागत आर्थिक सङ्कलन अभियानमा जोडिनुहुने समस्त मनकारी व्यक्तित्वहरुमा वन्जु मुन्माक मैत्री समाजले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...