एनआरएनए कोरियाको प्रमाणित सदस्यहरु ४१ सय भन्दा बढी, आज राती १० बजे सम्मा दाबी बिरोध गर्न सकिने
नवौँ राष्ट्रिय महाधिवेशन समिती द. कोरियाले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय पररषद दक्षिण कोरियाको सम्पूर्ण सदस्यहरुको विवरण सार्वजनिक गरेको छ । मिति २०२३/०६/१६ मा आठौं कार्य समिती मार्फत निर्बाचन समितिलाई उपलब्ध भएको जानकारी अनुसार आईतवार सुचना मार्फत उक्त विवरण सार्वजनिक गरेको हो ।
जारी सुचन अनुसार एनाअरएनए दक्षिण कोरियाको २०२३-२०२५ को लागि प्रमाणित सदस्यहरु ४ हजार १ सय ७६ जना भएको छ । यसमा आज २०२३/०६/१९ : २२:०० बजे सम्ममा आफ्नो दाबी बिरोध गर्न सकिने जनाएको छ । दाबी बिरोधा इमेल : [email protected] मार्फत गर्न सकिने छ । साथै दाबी बिरोध गर्ने निबेदकको गोपनीयताप्रति समिति पूर्ण जनाकार रहि गोप्य राखिने जनाएको छ ।
साथै नवौँ राष्ट्रिय महाधिवेशन समिती संयोजक गंगाराज राईको नाममा जारी सुचनामा द. कोरिया मतदाता नामावलीमा दाबी बिरोधको प्राबधान रहेको हुदा तोकिएको समय भित्र दाबी बिरोध सहित सम्पर्क गर्न अनुरोध गरिएको छ
मतदाता नामावली प्राप्त गर्नको लागि यस लिंकमा जानुहोस ।
लिंक: https://nrnakr.org/downloads
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय पररषद दक्षिण कोरियाको अगामी जुलाई ९ मा नवौं कार्यकारी समिती तथा अन्तराष्ट्रिय समन्वय परीषद सदस्य (कोरिया प्रतिनिधि) को निर्वाचन हुन गैरहेको छ ।