किरात राई यायोक्खा कोरियाको महाधिवेशन जुलाई २ मा
किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेशन हुने निश्चित भएको छ। आगामि जुलाई २ तारिख आइतवारका दिन सौल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभा हलमा कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष पदम राईले जानकारी गराएका छ।
कोरोना महामारीका कारण यस संस्थाको अधिवेशन पनि पछाडि धकेलिएको हो। प्राविधिक कारणले पत्र प्राप्त गर्न नसकेका संस्थाका प्रतिनिधी लगायत कोरियामा विभिन्न पेसामा आवद्ध रहेका नेपालीहरुलाई यसै समाचारलाई आधार मानेर अधिवेशन भव्यताका साथ सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ।