Advertisement
SKIP THIS

चलचित्र छक्कापञ्जा ४ प्रदर्शनको आर्थिक विवरण सार्वजनिक, ३५ लाख कोरियन वोन आगलागी पिडितलाई सहयोग


मनोरञ्जनको साथसाथै सहयोग गरौं भन्ने उद्धेश्यका साथ तेह्रथुम जिल्लाको अठाराई गाउँपालिका वडा नम्बर ६ मा भएको भीषण आगोलागीबाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरेको नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ को आर्थिक विवरण सार्वजनिक गरिएको छ ।


कार्यक्रमको कुल बचत ४६ लाख ५७ हजार ३ सय १०कोरियन वोन मध्ये ३० लाख र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख गरि ३५ लाख कोरियन वोन बराबरको नगद तथा जिन्सी पिडित परिवारहरुलाई हस्तान्तरण गरिएको छ । बाँकी १६ लाख ५७ हजार ३ सय १० कोरियन वोन नाना आङा धिम (महिला सेल्टर) संचालनमा सदुपयोग गरिने जनाएको छ ।

सामाजिक सेवामा समर्पित चलचित्र प्रदर्शन कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संघ-संस्थाहरु , स्पोन्सर दाताहरु प्रचार प्रसारमा साथ दिनुहुने विभिन्न मिडिया पार्टनरहरु , नेपाली चलचित्रलाई माया गरि सामाजिक सेवामा सहभागी हुनु हुने सम्पुर्ण नेपाली दर्शकहरुलाई नेपाल तामाङ घेदुङ ख्याङ्साङ् बुसान शाखा परिवारले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...