याङ्सान नेपाली परिवारको १० औं महाधिबेशन सम्पन्न
प्रवासी भूमिमा नेपाली एकता, आपसी मेलमिलाप तथा सहयोग हाम्रो प्रतिवद्धता भन्ने मुल नाराकासाथ यहि २३ तारिख आइतबार याङ्सान नेपाली परिवारको १० औं महाधिबेशन सम्पन्न भएको छ ।
अधिवेशनले दिनेश हरिजनको अध्यक्षमा १५ सदस्यीय कार्यसमितिको गठन गरेको छ । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गोकुल लिम्बु रहेका छन् भने उपाध्यक्षमा सन्तोष घिमिरे, निर्मल तामाङ र गुनाखर न्यौपाने रहेका छन् । त्यसैगरी सचिवमा युवराज गुरुङ, सहसचिवमा रोमन घिमिरे रहेका छन् भने कोषाध्यक्ष र सहकोषाध्यक्षमा विनोद सिक्देल र शिव भट्ट रहेका छन् ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा खगेन रावल, सन्तोष चँदारा, श्रीराम सुबेदि, अर्जुन श्रेस्ठ, इफ्रान आलम र अर्जुन क्षेत्री रहेका छन् । कार्यक्रममा याङसान नेपाली परिवारका निर्वतमान अध्यक्ष बन्दीस लामाले नवगठित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै परदेशको व्यस्ततामा पनि फुसर्दको समय निकालेर नेपाल र नेपालीको लागि एकजुट भएर केही गरौं भन्ने भावना लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।