एनआरएन कोरियाको नयाँ कार्यसमितिकोे सपथग्रहण सम्पन्न
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका नयाँ कार्यसमितिले सपथग्रहण गरेका छन् । शनिवार भएको सपथग्रहणसँगै नयाँ कार्यसमितिले पदभार पनि ग्रहण गरेका छन् ।
जुलाई ३१ मा भएको निर्वाचनमा अध्यक्ष बुद्धि गुरुङ निर्वाचित भएका थिए भने बरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान चुनिएका थिए । उपाध्यक्षमा तारा पुन, हरि प्रसाद भट्टराई, सुनिल कान्दाङ्वा, आरती ह्याल्मो रहेका छन् । त्यस्तै महासचिवमा केशव थापा, सचिवमा पुर्णराम बुढा र कमल भन्डारी रहेका छन् । कोषाध्यक्षमा भक्त गुरुङ छन् भने सहकोषाध्यक्षमा विष्णु बुढाथोकी रहेका छन् ।
यसै गरी युवा संयोजक युविन श्रेष्ठ‚ महिला संयोजक नीला राई निर्वाचित भएका छन् । सदस्यहरुमा सपना अधिकारी‚ विन्दु शाह‚ विष्णु बहादुर रकल‚ विष्णु रेग्मी ‘रुविन’‚ मङ्गलप्रसाद योङहाङ‚ गंगाराजन मगर र सुधान जुहारचन निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिमा २० जना पदाधिकारीहरुमा महिलाहरुको उल्लेखनिय सहभागिता रहेको छ । बरिष्ठ उपाध्यक्ष सहित ८ जना पदाधिकारी महिलाहरु रहेका छन् ।
कार्यसमितिको सबै पदाधिकारी मतदान मार्फत चुनिएर आएका छन् । गत हप्ता भएको निर्वाचनमा समय अभावका कारण निर्वाचित पदाधिकारीलाई शपथ खुवाएको थिएन ।