आज 광복절 अर्थात कोरियाको ७८ औँ राष्ट्रिय स्वतन्त्रता दिवस
आज ग्वाङ्बोकजल(광복절) अर्थात कोरियको स्वतन्त्रता दिवस हो । जापानी साम्राज्यबाट कोरियाली प्रायद्वीप स्वतन्त्र भएको दिनको सम्झना गर्दै दुबै कोरिया(उत्तर कोरियाले पनि) ले ग्वाङ्बोकजल मनाउने गर्दछन् । दोश्रो विश्व युद्धको अन्त्य सँगै सन् १९४५ को अगष्ट १५ बाट जापानी औपनिवेशिक शासनबाट कोरियन प्रायदिप मुक्त भएको थियो । यसै दिनलाई कोरियामा राष्ट्रिय सतन्त्रता दिवसको रुपमा मनाउने गरेको छ ।
दक्षिण कोरियले सन् १९४९ अक्टोवार १ मा यस दिनलाई राष्ट्रिय पर्व स्वीकार्दै सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।
सन् १९१० देखी १९४५ सम्म कारियाली प्रायद्धीप जापानको साम्राज्य अन्तर्गत थियो । कोरियाको इतिहासलाई अध्ययन गर्ने हो भने यसको सुरुवात सन् १८७६ मै भएको पाईन्छ । उक्त समयमा भएको जापान–कोरिया सन्धिले जापानी साम्राज्यलाई कोरियाली प्रायद्धीपमा प्रभाव जमाउन ठाउँ दिएको देखिन्छ ।
सन् १८६८ अक्टोबर २३ बाट त जापानी साम्राज्यको पहिलो युगको सुरु नै भएको थियो । जुन सन् १९१२ जुलाई ३० सम्म लाई मानेको छ । यसलाई मेइजी युग पनि भन्ने गरिन्छ ।
सन् १९०५ मा भएको सन्धिले कोरिया जापानको संरक्षित राज्य बन्यो । जापानले कोरियामा जापानी रेजिडेन्ट–जनरल मार्फत अप्रत्यक्ष रुपमा शासन गर्न थाले । सन् १९१० मा फेरि अर्को सन्धि गर्दै औपचारिक रुपमा कोरियालाई जापानको साम्राज्यको रुपमा घोषणा गरियो । साथै कोरियालाई जापानले आफ्नो छुट्टैनाम चोसेन रहने घोषण गरे । यसरी जापानी साम्राज्यले ३५ बर्षसम्मा कोरियाली जनतालाई चरम दमन र शोषण गरेका थिए ।
दोस्रो विश्वयुद्धमा जापानले सन् १९४५ अगस्ट १५ का दिन आत्पसमर्पण गरेका थिए । त्यस पछि मात्र कोरियले जापानी साम्राज्यबाट स्वतन्त्र पाए । स्वतन्त्रपछि कोरियामा दुई सरकार भन्यो । दक्षिण क्षेत्रमा संयुक्त राज्य अमेरिकाको समर्थनमा एउटा सरकार र उत्तरमा सोभियन संघको समर्थनमा अर्को सरकार गठन भयो । दुवै सरकारले आफुलाई आधिकारिक भएको दावी गरे । यसले फेरि सन् १९५० देखि १९५३ सम्मको ३ बर्षे युद्ध निम्त्याइयो ।