छन्दोङ्साले १८औं प्रवासी सांस्कृतिक महोत्सब विभिन्न स्वस्थ्य शिविरसहित सेप्टेम्बर १० तारिख हुदैँ
छन्दोङ्साले ‘१८औं प्रवासी सांस्कृतिक महोत्सब’ विभिन्न स्वस्थ्य शिविरसहित गुम्बा अवस्थित खाङ्ह्वा टापु ईन्छनमा सेप्टेम्बर १० तारिख आईतबार हुने भएको छ ।
उक्त कार्यक्रममा नि:शुल्क चिकित्सा उपचारः अर्थोपेडिक शल्यक्रिया, पारिवारिक चिकित्सा, यूरोलोजी, आँखा रोग, पूर्वीय चिकित्सा उपचार, शारीरिक थेरापी लगायतका उपाचार हुने आयोजकले जानकारी दिएको छ । साथै मेमोरी फोटो बनाउने, खुट्टाको मसाज, मनोरञ्जनात्मक उपाचार विधि, परम्परागत विवाह प्रत्यक्ष अनुभव गर्दैं मीठो खाना परिकार बनाउने बुफे शैलीको खाजाको समेत व्यवस्था रहने बताएको छ ।
कार्यक्रममा नेपाल, थैल्याण्ड, श्रीलंका, म्यानमार, भियतनाम कम्बोडिया लागायतको देशका दक्षिण कोरियामा रहेका प्रवासीहरुले आफ्नो सांस्कृतिक प्रस्तुतीसहित सहभागिता हुदैं आईरहेको छ ।
यस किसिमको महोत्सवले विभिन्न देशहरूबीच सांस्कृतिक आदानप्रदान गरि एकआपसमा सदभाव कायम राख्न महत्वपूर्ण हुन्छ । त्यसैले नेपाली समुदाय संघसंस्था,मजदुर, विद्यार्थी, व्यवसायी सबैको उल्लेख्य सहभागी जनाउन सउल नेपाल गुम्वा दक्षिण कोरियाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले अनुरोध गरेको छ । कार्यक्रमको लागि यातायातको समेत व्यवस्था भएकोले समय मै आफ्नो सिट सुरक्षित गर्न समेत प्रमुख लामाले आग्रह गर्नुभयो ।