अगष्ट २७ मा कास्की परिवार दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो शाखाको दोश्रो अधिवेशन हुने
कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था कास्की परिवार ख्यङ्साङ्नाम्दो शाखाको दोश्रो अधिवेशन यही अगष्ट २७ तारिक किम्हेको लुम्बिनी रेष्टुरेण्टको सभाहलमा हुने भएको छ ।
“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २००८ मा दक्षिण कोरियामा स्थापित कास्की परिवारको दुई शाखा मध्ये पहिलो शाखाको रुपमा विस्तारित ख्यङ्साङ्नाम्दो शाखाको पहिलो कार्यसमितिको कार्यकाल केही महिना पूरा हुन बाँकी भएपनि कास्की परिवार सउल केन्द्रको अधिवेशन अगाडि शाखाको अधिवेशन हुनुपर्ने संस्थाको विधानत: नियम र मान्यता बमोजिम दोश्रो अधिवेशन गर्न लागिएको सो शाखा अध्यक्ष टेकनाथ बरालले जानकारी दिए ।
कास्की परिवारले कोरियामा रहेका कस्केली तथा नेपालीहरु बीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्दै आईरहेको सन्दर्भ उल्लेख गर्दै ब्यापक सहभागिताको अपेक्षा सहित दिनको १२ बजेदेखि शुरु हुने गरी सो अधिवेशनको तयारीमा जुटेको संस्थाका सचिव रमेश थापाले बताए ।
कास्की परिवार दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो शाखाको दोश्रो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई आयोजक संस्थाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
तपसिल :
मिति : २०२३ अगष्ट २७, आइतबार
समय : दिनको ठिक १२:०० बजे
स्थान : लुम्बिनी रेष्टुरेण्टको सभाहल, किम्हे